भेस्पा र अप्रिलियाको ‘एक्सचेन्ज फेस्ट’, ५ प्रतिशतभन्दा कम ब्याजदर अफर

काठमाडौं । भेस्पा र अप्रिलियाका स्कुटरहरुमा ‘मनसुन एक्सचेन्ज फेस्ट’ आयोजना हुने भएको छ ।
नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्पले ‘मनसुन एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको हो ।

कम्पनीले उक्त एक्सचेन्ज फेस्ट असार ३ गतेदेखि १२ गतेसम्म देशभर रहेका भेस्पा र अप्रिलियाका शोरुमहरूमा संचालन हुने जनाएको छ ।

लगातार १० दिनसम्म संचालन हुने यस अफरअन्तर्गत ग्राहकले कुनै पनि दुईपाङ्ग्रे सवारी साटेर नयाँ भेस्पा वा अप्रिलियाका स्कुटर खरिद गर्दा न्यूनतम ४० हजार रुपैयाँसम्मको मूल्यांकन पाउने छन् ।

भेस्पा वा अप्रिलिया कुनैपनि ब्रान्डको पुरानो स्कुटर नयाँ मोडलसँग एक्सचेन्ज गर्दा अतिरिक्त १२ हजार ५०० रुपैयाँ र अन्य ब्रान्डको दुईपाङ्ग्रे सवारी ल्याएर एक्सचेन्ज गर्दा थप १० हजार रुपैयाँ मूल्यांकन पाउने कम्पनीले जानकारी दिएको छ ।

एक्सचेन्जबाट पाउने छुटको अलावा हरेक स्कुटर खरिदमा १० हजार रुपैयाँ नगद छुट पनि दिने कम्पनीले जानकारी दियो । त्यसैगरी, कर्जा सुविधा लिनेको लागि ४.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ ।

ग्राहकलाई थप आकर्षित गर्न रेनकोट, हेल्मेट तथा फुटम्याटजस्ता सामग्री निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।


Back_to_top