पहिरोका कारण मुग्लिन–नौबिसे सडक बन्द, कतिबेला खुल्छ टुंगो छैन

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा बिहानैेदेखि अवरुद्ध भएको छ । बिहानै पहिरो खसेका कारण सडक बन्द भएको हो । 

चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान साढे तीन बजे पहिरो खसेको थियो । 

बिहानैदेखि पहिरो पन्छाउने काम सुरु भएको भएपनि कति बेला पहिरो पन्छाइ सकिन्छ भन्ने यकिन नभएको प्रहरीको भनाई छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिएका छन् । 


Back_to_top