पर्ल नदी किनारादेखि विश्व बजारसम्म : बीवाइडीको चमत्कारिक उडान

काठमाडौं । नेपाल ईभी पेनिट्रेसन हाइ हुने मुलुकमा विश्वमै अग्र स्थानमा छ । अहिले बिक्री हुने कुल नयाँ कारमध्ये ७० प्रतिशत ईभी बिक्री हुन्छन् । विश्वकै ठूला अटो बजार अमेरिका, भारत, ब्राजिल लगायत देश ईभीमा निकै पछि रहँदा नेपालले भने छलाङ हानेको छ । यसको मुख्य कारण सरकारको प्रोत्साहन नीति, उपभोक्ताको ईभी एसेप्टेन्स र व्यवसायीले दिलाएको अवसर हो ।

नेपालमा विद्युतीय सवारी सन् २०१० तिर भित्रिएको हो । तर, बजारमा स्थापित हुन भने १ दशक संघर्ष गर्नुपर्यो । त्यो संघर्षको यात्राको सारथी भने बीवाइडी हो भन्दा फरक पर्दैन । किनभने नेपालमा ईभी भनेर चिनाएकै बीवाडीले हो ।

नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले सन् २०१६/१७ मा पहिलोपटक ई सिक्स एमपीभी ल्याएको थियो । सुरूमा केही युनिट गाडी बिकाउन पनि निकै चुनौती सामाना गरेको कम्पनीले एकपछि अर्को मोडल ल्याउन थाल्यो । साइमेक्स इंकको लगातारको मेहनत, अथक प्रयास, लगानीका कारण ईभीप्रति आम मानिस क्रेज देखि थाल्यो । राष्ट्रपति कार्यालयदेखि नेपालका सेलिब्रेटीले समेत ईभी किन्न थाल्ले । त्यसको व्यापक प्रभाव पर्दा अहिले गाडी भनेकै ईभी भन्ने भाष्य समेत बनेको छ । हाल नेपालमा ३ दर्जन बढी ब्राण्डका ईभी कार उपलब्ध छन् ।

गत मेमा चीनमा रहेको बीवाइडीको हेडक्वाटसहित झाङझाउ प्लाण्ट र अल टेरान सर्किट भम्रण गर्ने अवसर मिल्यो । सो दौरान हामीले वाङले सुरूवाती दिनमा भोगेको कठिनाइदेखि बीवाडीको पछिल्लो चमत्कारी फ्ल्यास चार्जिङ स्टेशनसम्म अवलोकन गर्यौं । भ्रमणका क्रममा देखेका, अनुभव गरेका र बुझेका कुरा यहाँ चर्चा गरेको छु ।

नदी किनारामा देखेका सपना-बीवाइडी

बीवाइडी विश्वसँगै नेपालमा पनि किन सफल छ भनेर जान्न संस्थापक ‘वाङ चियानफु’ले गरेको हिम्मत र उनले भोगेको भोगाइ बुझ्नुपर्छ । बीवाइडी अर्थात ‘बिल्ड योर ड्रिम-सपना साकार पार’ । त्यो सपना वाङले सन् १९९५ मा चीनको पर्ल नदी किनारा देखेका थिए । र, उनले आफ्नो सपना पूरा गर्ने यात्रा गाडी उत्पादनबाट होइन, रिचार्जेबल ब्याट्री उत्पादनबाट सुरू गरे । जुन बेला अहिलेको टेक जायन्ट चीनले ब्याट्री आयात गर्थ्यो । बीवाइडीका ब्याट्री नोकिया, मोटोरोला जस्ता चर्चित मोबाइल ब्राण्ड हुँदै ल्यापटप, कर्डलेसमा प्रयोग हुन थाल्यो ।

ब्याट्री उत्पादनमा सफलता चुमिरहेका वाङले सन् २००३ सबैलाई आश्चर्यचकित पार्दै अटो क्षेत्रमा पाइला चाले। उनले संघर्षरत चिनियाँ अटो कम्पनी ‘क्निचुवान’ खरिद गरे र ‘बीवाडी अटो’ जन्माए । सो बेला वाङको निर्णयलाई धेरैले ठूलो गल्तीका रूपमा समेत लिए । अटो क्षेत्रमा अनुभव नै नभएकाले कसरी गाडी उत्पादन गर्छ भनेर खिल्ली समेत उडाउँथे । तर, वाङ आफ्नो योजना र यात्रामा निरन्तर लागि रहे ।

सन् २००५ मा बीवाडीले आफ्नै डिजाइनमा पहिलोपटक एफ ३ पेट्रोल कार बजारमा ल्यायो । सन् २००८ मा प्लगइन हाइब्रिड कार एफ ३ डीएम ल्यायो । सन् २००९ मा पहिलो प्योर इलेक्ट्रीक कार ई ६ उत्पादन गर्दै एनईभी क्षेत्रमा पाइला राखेको थियो । बीवाइडीले सन् २०२२ देखि आइस गाडी उत्पादन नै बन्द गर्दै आफूलाई शतप्रशित एनईभी उत्पादकको रूपमा उभ्यायो । ईभी उत्पादन थालेको १७ वर्षमै बीवाइडी विश्वकै ठूलो एनईभी उत्पादक बनेको छ । बीवाइडीले गत वर्ष मात्रै ४० लाख बढी एनईभी गाडी बेच्दै कीर्तिमान रचेको थियो । कम्पनीले बीवाइडी, डेन्जा, फाङचेङ बाओ र याङवाङ ब्राण्डमा गाडी उत्पादन गर्छ ।

आइस टु स्पोर्टस् कारसम्म

आइसीई भेहिकलबाट सुरू भएको बीवाडीको यात्रा अहिले स्पोर्टस् कारसम्म पुगेको छ । कम्पनीले हालै बजारमा ल्याएको याङवाङ यू ९ ले युरोपियन/अमेरिकी ब्राण्डलाई समेत चक्मा दिएको छ । जुन कार २.३ सेकेण्डमै १०० किमी प्रतिघण्टाको स्पीड भेटाउन सक्छ । यो कार तीव्र गतिमा कुद्ने मात्र नभई नाच्न र उफ्रन सक्छ । जुन कार म आफैंले चलाउने अवसर पाएको थिएँ । चलाइरहँदा फर्मुला वान ड्राइभको फिल पाएँ ।

संसारकै ठूलो ईभी प्लाण्ट झाङझाउ

चीनको हेनान प्रान्तमा बीवाडीले सन् २०२३ मा नयाँ प्लाण्ट स्थापना गरी ईभी उत्पादन थालेको थियो । हाल १०.६ किमी वर्गमिटर फैलिएको छ । जुन अमेरिकी सहर शानफ्रान्सिस्को जत्रै हो । यो विश्वकै ठूलो ईभी प्लाण्ट समेत हो । जहाँ वार्षिक २० लाख गाडी उत्पादन गर्ने क्षमता छ । उक्त प्लाण्ट ९८ प्रतिशत काम रोबोटले गर्छन् । जहाँ हरेक ५८ सेकेण्डमा एउटा गाडी उत्पादन हुन्छ । निकट भवियष्मा यो प्लाण्ट विस्तार गरी भक्तपुर जिल्लाभन्दा ठूलो क्षेत्रमा फैलाउने कम्पनीको योजना छ ।

झाङझाउ प्लाण्टमा सेकेण्ड जेन ब्लेड ब्याट्री, इलेक्ट्रीक मोटर, पावर इलेक्ट्रोनिक्स, कलर पेन्टसहित आवश्यक स्पेयर पार्टस उत्पादन हुन्छ । कम्पनीले आफ्नो कम्पाउण्ड भित्रै ‘अल टेरान सर्किट’ समेत बनाएको छ । त्यहाँ बीवाडीका गाडी टेस्ट ड्राइभ गरिन्छ । जहाँ मै ले पनि वीवाइडीका चारै ब्राण्ड वीवाइडी, बाओ, डेन्जा र याङवाङका विभिन्न मोडल चलाएँ । सिलदेखि याङवाङ यू ९ सम्म चलाएर अद्भूत अनुभव लिएँ । बाओ, डेन्जाका गाडीहरू साच्चै नै अफरोडकै लागि बनेको अनुभूत गरेँ । डेन्जा हालै नेपाल भित्रिएको छ । यो नेपाल जस्तो भौगोलिक बनावट र अफरोड सडकका लागि उत्कृष्ट विकल्प समेत हो ।

रिर्सच एण्ड डेभलपमेन्ट

बीवाइडी गाडी उत्पादन र बिक्रीमा मात्रै होइन रिर्सच एण्ड डेभलपमेन्टमा पनि निकै अगाडि छ । जसले इनोभेसनमा दशकौंका लिगेसी बोकेका ब्राण्डलाई समेत उछिनेको छ । कम्पनीले आर एण्ड डीमा अर्बौं लगानी गरेको छ ।

यसको आर एण्ड डी विभागमा मात्रै १ लाख २० हजार बढी कर्मचारी छन् । ती कर्मचारीले दिनरात नयाँ नयाँ खोज र अनुसन्धान गरिरहेका छन् । कम्पनीले हालसम्म ७० हजार पेटेन्ट दर्ता गरेको छ । ३० हजार पेटेन्ट स्वीकृत भइसकेको छ । कम्पनीले औसतमा हरेक दिन ४० देखि ४५ वटा पेटेन्ट दर्ता गर्न आवेदन दिने गरेको छ । जसमा २० वटा पेटेन्ट स्वीकृत हुने गरेका छन् ।

बीवाइडी एउटा अटो कम्पनी मात्र होइन, यो अटो टेक समेत हो । कम्पनीले आफ्नै एड्भान्स ड्राइभिङ एसिस्टेन्स सिस्टम गड आइज विकास गरिसकेको छ । गड आइजको नयाँ भर्सनको रूपमा डीपाइलट १००, डीपाइलट ३०० र डीपाइलट ६०० को अपडेट ल्याउँदै छ । यी तीन भर्सन कम्पनीले आफ्नो ब्राण्ड अनुसार प्रयोग गर्नेछ । कम्पनीको अनुसार अबको केही वर्षमै एडास सिस्टम कारमा सिटबेल्ट र एयरब्याग अनिवार्य जस्तै हुनेछ ।

अन्त्यमा, बीवाइडीको हेडक्वार र प्लाण्ट भ्रमणपछि यो सामान्य अटो ब्राण्ड मात्र होइन,  एनईभी भेहिकल जगतमा ‘चमात्कारिक’ ब्राण्ड हो । ईभीको पायोनियर हो । यो वाङ चियानफुको संघर्ष, मेहनत र निरन्तर कर्मको फल हो ।

आइसबाट सुरू भएको यात्रा स्पाेट्स कारसम्म पुगेको छ । त्यहाँ भइरहेको आरएण्डी हेर्दा आगामी दिनमा झन् चमात्कारिक उत्पादन आउने सहजै अनुमान गर्न सकिन्छ । नेपालमा पनि साइमेक्सले ईभी भनेकै बीवाइडी भनेर चिनाउन सफल भएको छ । अहिले पनि यो सर्वाधिक ईभी बिक्री गर्ने ब्राण्डमा अग्र स्थानमै पर्छ । कम्पनीले एकपछि अर्को नयाँ मोडल ल्याउँदै प्रतिस्पर्धी बजारमा आफूलाई अपडेट गर्दै लगेको छ । हालै प्रिमियम ब्राण्ड डेन्जा समेत भित्र्याएको छ । नेपालमा सुजुकी, हुन्डाई, टोयोटा जस्ता लिगेसी ब्राण्डकाे दबादबा रहेकाे बजारमा आफूलाई बलियो प्रतिस्पर्धीको रूपमा उभ्याएको छ ।


Back_to_top