स्कोडाले ल्यायो ‘पीक ईभी’

काठमाडौं । युरोपियन ब्राण्ड स्कोडाले पीक ईभी सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ ईभी ७ सिट क्षमताको हुनेछ ।

तीन रोमा सिट एरेन्जमेन्ट मिलाईएको एसयूभीको लम्बाइ ४८७४ एमएम छ । जुन स्कोडा कोडियाकभन्दा ठूलो हो । यसमा २९६५ एमएम लामो ह्वीलबेस दिइएको छ । स्कोडाले पीक एसयूभीलाई आफ्नो मोर्डन सोलिड डिजाइन ल्याङ्वेजमा तयार भएको हो ।

अगाडि क्लोजअफ ग्रिल, फ्लस टाइप डोर ह्याण्डल, अपराइट स्ट्यान्स र टी आकारमा सजिएको एलईडी लाइट प्रयोग भएको छ । समग्रमा स्कोडाको ७ सिटे एसयूभी निकै स्मार्ट डिजाइनमा देखिन्छ ।

युरोपियन निर्माताले पीक एसयूभीलाई दुई ब्याट्री अप्सनमा ल्याएको छ । यसमा ६३ किलोवाट आवरको ब्याट्री रहेको छ । रियर ह्वील ड्राइभ सिस्टमको साथ आउने पीक एसयूभीमा १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ ।

यसमा अर्को ९१ किलोवाट आवरको ठूलो ब्याट्री पनि उपलब्ध छ । ठूलो ब्याट्री भएको मोडल रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध हुनेछ । ठूलो ब्याट्रीसँग पछाडि २१० किलोवाटको मोटर रहेको छ ।

सानो ब्याट्रीले १५० किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । जबकि ठूलो ब्याट्रीले १९९ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्नेछ ।

स्कोडाले पीक ईभीमा क्याबिन पनि निकै फिचर लोडेड बनाएर ल्याएको छ । टुस्पोक स्टेयरिङ ह्वील, १३.६ इन्चको सेन्टर कन्सोलमा ठड्याइएको स्क्रीन, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, वायरलेस चार्जर, कन्सोलमै दिइएको केही बटनहरूले यसलाई अब्बल बनाएको छ । साथै, सिटहरू पनि निकै प्रिमियम दिइएको छ ।


Back_to_top