काठमाडौं । टाटा मोटर्सको वहुप्रतिक्षित इलेक्ट्रीक एसयूभी सिएरा ईभीको बेस भेरियन्टनै ६५ किलोवाटा आवरको ठूलो ब्याट्रीमा आउने भएको छ ।
टाटाले यही जुन ३० तारिखमा लन्च हुने सिएरा ईभीको स्पेसिफिकेसन बारे आधिकारिक जानकारी दिएको छैन् । तर, भारतीय डिलर स्रोतहरूलाई उद्धृत गर्दै आएको समाचारमा सिएरा ईभीको बेस भेरियन्ट (प्योर)मा ह्यारियर ईभी जस्तै ६५ किलोवाट आवरको ब्याट्री प्याक आउने बताइएको हो ।
त्यस्तै, सिएराको माथिल्लो भेरियन्टमा ७५ किलोवाट आवरको ब्याट्री प्याकको विकल्प उपलब्ध हुनेछ । कम्पनीले सिएरालाई ह्यारियर ईभीकै जस्तो ब्याट्री अप्सन र ड्युअल मोटर अल ह्वील ड्राइभ सेटअप पनि प्रदान गरेको छ ।
टाटा मोटर्सले सिएरा ईभी ड्युअल मोटर अल ह्वील सेटअपको साथ आउने पुष्टि गरिसकेको छ । हालैको रिपोर्टले ह्यारियर ईभीको पर्फर्मेन्स मेट्रिक्स सिएरा ईभीमा पनि लागू गरिने उल्लेख गरेको छ।
ह्यारियर ईभीको सिंगल मोटर रियर ह्वील ड्राइभ भेरियन्टमा २३८ बीएचपी (१७७ किलोवाट)को मोटर छ । जसले ३१५ एनएमको पिक टर्क प्रदान गर्छ । यसमा ६५ किलोवाट आवरको ब्याट्री रहेको छ । जसले एकपटको फुलचार्जमा ५३८ किमी रेन्ज दिन्छ ।
त्यस्तै, अल ह्वील ड्युअल मोटर भेरियन्टमा ठूलो ७५ किलोवाट आवर ब्याट्री प्याक रहेको छ । जसले सिंगल चार्जमा ६२२ किमी रेन्ज दिन्छ । यसको संयुक्त पिक टर्क ५०४ न्युटन मिटर रहेको छ । यसको अगाडिको मोटरले १५५.८ बीएचपी र पछाडिको मोटरले २३४.७ बीएचपी पावर उत्पन्न गर्न सक्छ । हालैको रिपोर्ट अनुसार सिएरा ईभीले ह्यारीयरकोभन्दा अझ बढी रेन्ज दिने अपेक्षा गरिएको छ । किनभने सिएरा ह्यारियर ईभीभन्दा सानो र हलुका एसयूभी हो ।
ह्यारीयर ईभीले मात्र ६.३ सेकेण्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति लिन सक्छ । यदि सिएरा ईभी पनि ह्यारियर ईभीकै जस्तो पर्फर्मेन्स मेट्रिक्सका साथ आयो भने यसको गति अझ तीव्र हुनेछ । सिएरा ईभीले विश्वकै सबैभन्दा अग्लो बालुवाको ढिस्कोमध्ये एक यूएईको ‘तल मुरिब स्यान्ड डुन्स क्लाइम्ब’ गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले यसको एक्स्टेरियर भने केही दिन अघि सार्वजनिक गरेको थियो । टाटाले सियर ईभीलाई आइस संस्करणमा जस्तै ह्यारियर ईभीभन्दा तल र कर्भ ईभीभन्दा माथि राखेको छ ।


