सरकारी गाडीमा निजी नम्बर प्लेट राखेको भन्दै संसदमा उठ्यो प्रश्न

काठमाडौं । सरकारी गाडीमा निजी नम्बर प्लेट (रातो प्लेट) राखेर चलाइएको भन्दै संसदमा प्रश्न उठेको छ ।

सोमबार राष्ट्रिय सभाको बैठकमा नेकपा एमालेकी सांसद रेखाकुमारी झाले केही सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर चलाइएको तथ्यांकहरू सार्वजनि भएको भन्दै प्रश्न उठाएकी हुने ।

उनले नेपाल खानेपानी संस्थान राजविराज, मोरङको पथरी शनिश्चरे नगरपालिका, काठमाडौंका कतिपय सार्वजनिक निकायहरूमा राज्य कोषबाट संचालित सरकारी गाडीहरूमा निजी नम्बर प्लेट राखेर चलाएको पाइएको बताएकी हुन् ।

सरकारी कोषबाट इन्धन र मर्मत खर्च लिएर व्यक्तिगत प्रयोजनका लागि सरकारी गाडी प्रयोग गर्नु सुशासन विरोधी कार्य भएको उनको भनाइ छ ।

‘सरकारी गाडीहरूको सेतो नम्बर प्लेट गैरकानुनी रूपमा निकालेर निजी अर्थात रातो नम्बर प्लेट रुपान्तरण गरी व्यक्तिगत प्रयोजनमा दुरुपयोग गरिएका तथ्यांकहरू सार्वजनिक भएका छन्,’ उनले भनिन्, ‘इन्धन र मर्मत खर्च सरकारी लिएर व्यक्तिगत प्रयोजनका लागि सरकारी गाडी प्रयोग गर्नु सुशासन विरोधी कार्य हो ।’


Back_to_top