आक्रमक बन्दै ट्राफिक, एक महिनामै उठ्यो १२ करोड जरिवाना

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौं । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने विरुद्ध कारबाही तीव्र बनाएको छ । ट्राफिकले चेकजाँचमा कडाइ गर्दै गल्ती गर्नेलाई कारबाही गर्ने क्रम बढाएको हो ।

जेनजी आन्दोलनपछि केही समय सुस्ताएको ट्राफिक चेकिङ पछिल्लो समय तीव्र भएको छ । चेकिङ बढेसँगै कारबाहीमा पर्ने पनि बढेकाले राजस्वमा समेत ठूलो सुधार आएको हो ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा ट्राफिक कारबाहीबाट १२ करोड ९ लाख १० हजार १३१ रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

यो चालु आर्थिक वर्षमा एक महिनामा संकलन भएको सबैभन्दा धेरै राजस्व हो । यसअघि गत साउनमा मात्रै १० करोड ८८ लाख रुपैयाँ ट्राफिक जरिवाना संकलन भएको थियो ।

प्रहरीले वैशाखमा कारबाहीमा परेका चालकको संख्या नखुलाए पनि १ लाख बढी रेहका छन् ।

ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने, सवारी जाँचपास नगर्ने लगायतलाई कारबाही गरी जरिवाना तिराउँदै आएको छ ।

सरकार ट्राफिक नियम तोड्ने विरुद्ध थप कठोर बन्ने भएको छ । नियम उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराउने काउनु ल्याउने तयारी गरेको छ । पूर्वाधार विकास मन्त्रालयले नयाँ सवारी तथा यातायात व्यवस्था विधेयकको मस्यौदामा सहमतिका लागि कानुन मन्त्रालयमा पठाइसकेको छ ।


Back_to_top