पुरानो ट्रकलाई कन्टेनर बनाउँदा ५० हजार कर छुट पाउने

काठमाडौं । कर्णाली प्रदेशले पुरानो ट्रकलाई कन्टेनरमा रुपान्तरण गर्दा सवारी करमा ५० हजार रुपैयाँ छुट दिने भएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याएको ‘आर्थिक विधेयक २०८३’ मार्फत यस्तो सुविधा दिएको हो ।

आर्थिक विधेयक अनुसार नेपालमा संचालित पुराना ट्रकलाई कन्टेनरमा रुपान्तरण गर्दा सवारीधनीले बुझाउनुपर्ने सवारी कर बापत ५० हजार वा ४ वर्षको सवारी बापत हुन आउने रकम जुन कम हुन्छ, सो बराबर छुट दिइने छ । तर, यस्तो सुविधा १० वर्षभन्दा पुराना ट्रकले पाउने छैनन् ।

‘नेपालमा संचालनमा रहेका पुराना ट्रकलाई बन्द कन्टेनरको रूपमा रूपान्तरण गर्न निवेदन दिने सवारी साधनका धनीलाई निजले बुझाउनु पर्ने सवारी साधन कर बापत ५० हजार रुपैयाँ वा चार वर्षको सवारी साधन कर बापत हुन आउने रकममध्ये जुन घटी हुन्छ सो बराबरको रकम छुट दिइनेछ । तर त्यस्तो छुट सुविधा दश वर्षभन्दा पुराना ट्रकलाई दिइने छैन,’ आर्थिक विधेयकमा भनिएको छ ।


Back_to_top