अफरोड लुक, फ्यामिली कम्फर्ट र स्ट्रङ हाइब्रिड टेक्नोलोजीमा आउँदै नयाँ एसयूभी

काठमाडौं । बीएआइसीको बीजे-३०ई हेर्दा परम्परागत अफरोड एसयूभी जस्तो देखिए पनि यसको वास्तविक बलियो पक्ष भने हाइब्रिड पावरट्रेन हो। बक्सी डिजाइन, उचाइ भएको बडी, चौडा स्टान्स र रग्ड स्टाइलिङका कारण यो मोडलले पहिलो नजरमै ‘लाइट अफरोड’ एसयूभीको छाप दिन्छ।

यसको क्याबिन र पावरट्रेन हेर्दा बीजे-३०ई केवल अफरोड लुकमा सीमित मोडल नभई आधुनिक फ्यामिली हाइब्रिड एसयूभीका रूपमा तयार पारिएको भन्न सकिन्छ ।

बीजे-३०ईमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग इलेक्ट्रिक मोटर र हाइब्रिड गियरबक्स दिइएको छ । यस सेटअपको उद्देश्य केवल पावर बढाउनु मात्र होइन, कम गतिमा स्मूद ड्राइभ, एक्सेलरेशनमा तत्काल टर्क र तुलनात्मक रूपमा राम्रो इन्धन दक्षता दिनु पनि हो ।

सरल भाषामा भन्नुपर्दा बीजे-३०ईमा रहेके पेट्रोल इन्जिनले मुख्य शक्ति दिन्छ । इलेक्ट्रिक मोटरले सुरुवाती पिकअप, उकालो र ओभरटेक गर्दा अतिरिक्त पावर प्रदान गर्छ ।

क्याबिनको कुरा गर्दा बीजे-३०ईमा ठूलो १४.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र मिनिमलिस्ट ड्यासबोर्ड लेआउट पाउन सकिन्छ । लामो ह्वीलबेसका कारण क्याबिन स्पेस पनि निकै बलियो छ । पछाडिको सिट फोल्ड गर्दा बुट स्पेस बढ्ने भएकाले लामो यात्रा, पारिवारिक प्रयोग र सामान बोक्ने आवश्यकतामा पनि सहज हुन्छ ।

डिजाइनका हिसाबले बीजे-३०ईको सबैभन्दा आकर्षक पक्ष यसको स्क्वायर सिल्हुएट हो । अगाडिको ठाडो फ्रन्ट फेस, बाक्लो क्ल्याडिङ, बलियो देखिने ह्वील आर्च र उठेको ग्राउन्ड क्लियरेन्सले यसलाई सामान्य सहरी क्षेत्रमा चल्ने एसयूभीभन्दा फरक बनाउँछ। समग्रमा, बीजे-३०ईलाई रग्ड लुक, हाइब्रिड दक्षता र प्रयोगिताको मिश्रण खोज्ने ग्राहकलाई लक्षित गरेर तयार पारिएको एसयूभीका रूपमा बुझ्न सकिन्छ।

बीजे-३०ई साइजमा पनि पर्फेक्ट एसयूभी हो । यसको लम्बाइ ४७३० एमएम, चौडाइ १९१० एमएम र उचाइ १७९० एमएम छ । यसमा २८२० एमएम लामो ह्वीलवेस भएको कारण क्याविनमा एथेस्ट स्थान पाउन सकिन्छ ।

कम्पनीले यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन प्रयोग गरेको छ । साथै, इलेक्ट्रीक मोटर पनि पाउन सकिन्छ । अल ह्वील ड्राइभ मोडलको रुपमा नेपाल आउने बीजे-३०ईमा १.६७ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग भएको छ । यसको गियरबक्सलाई कम्पनीले डेडिकेटेड हाइब्रिड ट्रान्समिसन भनेको छ ।

यसमा रहेको हाइब्रिड टेक्नोलोजीले कसरी गर्छ काम ?

हाइब्रिडका विभिन्न प्रकार मध्ये बीजे-३०ई मा प्रयोग भएको स्ट्रोङ हाइब्रिड टेक्नोलोजी हो । यसमा बिस्तारै ‘लो स्पीड’मा शहरी क्षेत्रमा गाडी चलाउँदा ब्याट्रीको प्रयोग हुन्छ ।

गाडीको रफ्तार बढ्दै जाँदा इन्जिन र इलेक्ट्रीक मोटर दुबैको प्रयोग हुन्छ । यसले गाडीको पावरलाई एकै पटक बढाउँछ । गाडीमा ब्रेक लगाउँदा रिजेनेरेटिभ ब्रेकिङ सिस्टमको सहयोगले ब्याट्री रिचार्ज हुन्छ ।


Back_to_top