भारतमा बन्ने सुजुकी जिम्नीमा मर्सिडिज जी-वागेनको विशेषता

भारतीय बजारमा सुजुकी जिम्नीको उत्पादन सुरु हुने हल्ला चलिरहेको समयमा जिम्नीमा मर्सिडिज जी वागेनको विशेषता तथा डिजाइनमा यसलाई ल्याउने भएको हो । कहिलेबाट भारतमा यसको उत्पादन हुन्छ भन्ने विषयमा यकिन नभएपनि कम्पनीले निर्माण गर्ने जिम्नीमा जी वागेनको किट प्रयोग गर्ने निश्चित भएको छ । 

बक्सी डिजाइनसँगै आउने यस मोडलमा क्लिन सर्फेश दिइने छ । लक्जरी अफरोडको विशेषता प्रदान गरिने यस मोडलमा उपलब्ध राउन्ड सेप हेडलाइट र फगल्याम्प, अपराइट पिलर, फ्लेयर्ड अप ह्वील आर्कको विशेषता मर्सिडिज जी वागेनसँग मेल खान्छन् । 

यी विशेषताले एसयूभीलाई मस्कुलर लुक्स दिइने कम्पनीले जनाएको छ । यी सबै विशेषता जी-वागेनमा उपलब्ध छन् । यसमा के१५बी १.५ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिनमा आउने छ । जसले ६ हजार आरपीएममा १०२ पीएस पावरका साथै ४ हजार आरपीएममा १३० एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा पाँच स्पीड म्यानुअल र ४ स्पीड अटोमेटिक गियरबक्स लगाइने छ । 

सुजुकी जिम्नीमा स्मार्टप्ले इन्फोटेन्मेन्ट युनिटसँगै एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्याटलाईट नेभिगेशन, एसआरएस फ्रन्ट एयरब्याग, एबीएस, इबीडी, ब्रेक असिस्ट सिस्टमजस्ता फिचर रहने छ । 

चालक तथा प्यासेन्जरको सुरक्षाको लागि आइएसओ फिक्स चाइल्ड सिटमाउन्ट, भेइकल स्टेबिलिटी कन्ट्रोलजस्ता विशेषता भारतीय बजारमा उत्पादन हुने जिम्नीमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 


Back_to_top