काठमाडौं । खुर्कोट-घुर्मी सडकखण्डमा विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा सुनकोशी नदीमा एउटा कार खसेको छ ।
सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरमा काठमाडौंबाट ओखलढुङ्गा तर्फ जाँदै बा प्र ०८-००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिँदा कार नदीमा खसेको हो ।
कारको नम्बर र कति सवार थिए भन्ने खुलेको छैन । उक्त कारमा मध्यपहाडी राजमार्ग निर्माणको साइटमा खटिएका ठेकेदारसमेत रहेको बताइएको छ ।
अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि पुगेको छ । थप विवरण आउन बाँकी छ ।


