काठमाडौं । विद्युतीय दुईपाँग्रे सवारीसाधन ब्राण्ड याडियाले नेपालमा तीन नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ ।
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले साउन २१ गते (बिहीबार)देखि तीन नयाँ स्कुटर बिक्री सुरू गर्ने भएको हो ।
कम्पनीले नेपाली बजारमा याडियाको जीएस७०, जीटी७० र जीटी८० मोडल बिक्री सुरू गर्ने भएको हो ।
तीनै मोडलको प्राविधिक विवरण, मूल्य, फिचर लन्च कार्यक्रममै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ स्कुटर सिरिजले नेपालमा स्मार्ट, दिगो र भरपर्दो विद्युतीय यातायातको विस्तारमा योगदान पुर्याउनेछ । आधुनिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका यी मोडलहरूमा अत्याधुनिक प्रविधि, उन्नत सुरक्षा प्रणाली, स्मार्ट कनेक्टिभिटी, लामो यात्रा दुरी तय गर्न सकिने रेन्ज र आकर्षक डिजाइन प्रदान गर्ने छ ।
यी तीनै मोडल दैनिक सीटी यात्रा, लामो दुरीको आवतजावत तथा उच्च क्षमता चाहने ग्राहकलाई लक्षित गरी विकास गरिएको छ । साथै, स्कुटरले व्यावहारिक, किफायती र वातावरणमैत्री विकल्प प्रदान गर्ने कम्पनीको भनाइ छ ।
नयाँ मोडलहरुको उत्कृष्ट प्रदर्शन, सुरक्षा, आराम तथा स्मार्ट प्रविधिलाई एउटै प्लेटफर्ममा प्रस्तुत गरिएको कम्पनीले बताएको छ ।


