पेट्रोल बोकेको ट्यांकर दुर्घटना हुँदा आगलागी

काठमाडौं । पश्चिम राजमार्ग अन्तर्गत रौतहटको गुजरा नगरपालिका-३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्यांकरमा आगलागी भएको छ ।

बिहीबार बिहान बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ७८११ नम्बरको पेट्रोल ट्यांकर सडकमा पल्टिँदा आगलागी भएको हो ।

जंगल क्षेत्रबाट आएको मृगलाई बचाउने क्रममा ट्यांकर अनियन्त्रित भई सडक किनारमा पल्टिएको हो ।

आगलागीबाट ट्यांकर पूर्ण रूपमा क्षति भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।


Back_to_top