नेपाल बैंक र चितवन इनर्जी बीच कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेड बीच कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ ।

दुई संस्था बीच चितवन इनर्जीद्वारा प्रबद्र्धित प्रस्तावित ६.५१ मेगावाटको लोवर ठूलोखोला जलविद्युत आयोजना निमार्ण तथा संचालन गर्न कर्जा लगानी गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार कुल परियोजना लागतको कर्जा स्वपूँजी अनुपात ७०ः३० कायम रहने छ ।

सो सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इनर्जीको तर्फबाट संचालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले वित्तीय व्यवस्थापनको लागि नेपाल बैंकलाई अवसर प्रदान गरेकोमा चितवन इनर्जीलाई धन्यवाद दिँदै परियोजनाको सफलतापूर्वक निमार्ण तथा संचालन गर्नको लागि शुभकामना व्यक्त गरे ।


Back_to_top