काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खसेको छ ।
शुक्रबार बिहान १:१५ बजे भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपीको उत्तर पश्चिम तर्फ २००/३०० मिटर अग्लो डाँडाबाट पहिरो खसेको हो।
पहिरोबाट मानवीय क्षति नभए पनि उछिट्टिएका ढुंगाहरूले कार्यालयमा केही भौतिक क्षति पुगेको कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार ब्यारेकका झ्यालका सिसा, भित्तामा प्वाल तथा जस्ताको छानामा प्वाल परेको छ।
एउटा ड्युटी पोस्ट पूर्ण क्षति, अर्कोमा आंशिक क्षति, जिन्सी स्टोर भवनमा ३ वटा प्वाल परेको, मेनगेट अगाडीको सिढीमा क्षति पुगेको छ ।


