काठमाडौं । चांगान अटोमोबाइल ग्रुप अन्तर्गतको विद्युतीय सवारी ब्राण्ड दीपलले आफ्नो लोकप्रिय इलेक्ट्रीक एसयूभी एस-०५ को अपडेटेड भर्सन सार्वजनिक गरेको छ ।
कम्पनीले चिनियाँ बजारमा नयाँ दीपल एस ०५ बिक्री सुरू गरेको हो । कम्पनीले नयाँ दीपल एस ०५ को ५ भेरियन्ट उपलब्ध गराएको छ । जसको सुरुआती मूल्य १७ हजार ७६० अमेरिकी डलर तोकेको छ । यद्यपि, सीमित अवधिका लागि १६ हजार ९०० डलरमै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कम्पनीले नयाँ एस-०५ एसयूभीमा डिजाइन, स्मार्ट ड्राइभिङ, इन्टेरियर र आधुनिक फिचर थपेर बजारमा ल्याएको हो । यसको बाह्य डिजाइनमा एस ०५ को क्लोज्ड अफ ग्रिल पहिलेकै छ । तर, नयाँ ‘फ्लाइङ स्याडो’ डिजाइन, ‘दीपल आई’ हेडल्याम्प, नयाँ १८ इन्चको अलोय ह्वील र सेमी हिडन डोर ह्याण्डल दिएको छ ।
रियर ह्वील ड्राइभ सिस्टम रहेको नयाँ दीपल एस ०५ मा २०० किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले २६८ हर्ष पवार शक्ति प्रदान गर्छ । शक्तिशाली मोटर भएकाले यो गाडी केबल ६.२८ सेकेण्डमा ० बाट १०० किमि प्रतिघण्टाको स्पीडमा कुद्न सक्छ ।

यसमा ५६.१२ किलोवाट आवर र ६८.८२ किलोवाट आवरको सीएटीएल लिथियम आइरन पस्फेट ब्याट्रीहरू विकल्प उपलब्ध छ । पसले एकपटको फुलचार्जका मा क्रमशः ५२० किमी र ६२० किमीको सीएलटीसी रेन्ज दिन्छ । सबै मोडलहरूले थ्रीसी सुपरचार्जिङ सपोर्ट गर्छ । जसले १५ मिनेट वा सोभन्दा कम समयमै ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म सम्म चार्ज हुन्छ ।
दीपल एस ०५ को लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएम छ । यसमा २८८० एमएमको ह्वील बेस पाउन सकिन्छ ।
इन्टेरियरमा पनि ‘फ्लोटिङ स्टारसिप’ डिजाइन प्रयोग गरिएको छ । लेदर फिनिस, उड ग्रेन प्यानल र २५६ रङको एम्बियन्ट लाइटिङको कम्बीनेशनले ड्यासबोर्ड निकै आकर्षक लाग्छ । साथै, १५.६ इन्चको २.५के फ्लोटिङ सेन्ट्रल स्क्रिन र स्टेयरिङ पछाडि रहेको गियर सिफ्टरले केबिनलाई अझ आधुनिक बनाएको छ ।
नयाँ एस०५को सबैभन्दा ठूलो आकर्षण भने लाइडारमा आधारित ‘एडीए पाइलट’ स्मार्ट ड्राइभिङ सिस्टम हो । यसमा २७ वटा उच्च क्षमतायुक्त सेन्सर छन् । जसमा एउटा लाइडार, ३ वटा मिलिमिटर वेभ राडार, १२ वटा अल्ट्रासोनिक राडार र ११ वटा एजडी क्यामेराहरूछन् ।
स्मार्ट ककपिटलाई ‘३ एनएम’ अटोमोटिभ ग्रेड चिपले संचालन गर्छ । यसमा दीपल ओएससँगै डिपसिक आर१ जोडिएको छ । आरामदायी ड्राइभिङका लागि एस ०५मा एफएसडीसँगै एचआरएस ‘भेरिएबल एडाप्टिभ सस्पेन्सन’ दिइएको छ ।
२५६ टप्सको कम्प्युटिङ पावर दिने दुईवटा होराइजन जे६एम चिपहरूद्वारा संचालित यो गाडीमा सहरी सडक, राजमार्ग र पार्किङ अवस्थालाई सहयोग गर्ने ९० भन्दा बढी स्मार्ट ड्राइभिङ फिचर छन् ।
चीनमा बिक्री सुरू भएसँगै नयाँ दीपल एस ०५ चाँडै नेपाली बजारमा पनि आउने सम्भावना छ।


