बीवाइडीका ईभी चढ्नेले पाउँछन् थप ५ फाइदा

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले आफ्ना उपभोक्तालाई ५ नयाँ अफर गरेको छ । कम्पनीले ‘बीवाइडी अपडेट टु कियर प्लस’ योजना सार्वजनिक गर्दै ५ नयाँ अफर गरेको हो ।

कम्पनीको नयाँ स्कीम अनुसार उपभोक्ताले कियर प्लस, कनेक्ट प्लस र प्रोटेक्ट प्लस सुविधा पाउने छन् । कियर प्लसमा सर्भिस, कनेक्ट प्लसमा मोबाइल एप र प्रोटेक्ट प्लसमा एक्सटेन्डेड वारेन्टी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

साइमेक्स इंकले आफ्ना उपभोक्ताको लागि ६ महिनासम्म मासिक १० जिबीका दरले निःशुल्क एप कनेक्टीभिटी उपलब्ध गराउने छ ।

दोस्रो कम्पनीले होम चार्जर प्रयोग गर्दै आएका उपभोक्ताको लागि एक पटक फ्रि होम चार्जर चेकअप उपलब्ध गराउने भएको हो ।

तेस्रो कुनै पनि बीवाइडीको गाडीमा डेन्टपेन्ट गर्नु पर्ने अवस्था छ भने १० प्रतिशत श्रमिकको ज्यालामा छुट प्रदान गर्ने घोषणा गरेको छ ।

चौथो, स्पेयर टायर किन्नेलाई १० प्रतिशत छुट र पाँचौमा गाडीको अन्डरबडी ब्याट्री कभर हाल्दा १० प्रतिशत छुट दिने भएको हो ।

साइमेक्स इंकले बिक्रीपछिको सेवा बलियो बनाउन अहिले रहेको १३ वटा सर्भिस सेन्टरलाई बढाएर १९ वटा बनाउने जनाएको छ । कम्पनीका सीईओ साहिल श्रेष्ठका अनुसार छिट्टै सर्भिस नेटवर्क बिस्तार हुनेछ ।

‘अहिले हामीसँग १३ वटा सर्भिस सेन्टर छन् । छिटै १९ वटा पु¥याउने हाम्रो लक्ष्य हो । विगतमा हामीले गाडी लन्च गरेदेखि नै सर्भिसलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । अहिले त्यसलाई अझ अपग्रेड गर्दै समयानुकूल बनाउँदै बलियो सर्भिस नेटवर्क तयार गर्ने हाम्रो रणनीति हो’, सीईओ श्रेष्ठले भने ।

नेपालमा एटो ३ सार्वजनिक गर्दादेखि नै मोबाइल एप कनेक्ट फिचर उपलब्ध गराउने बताए कम्पनीले नेपाली सर्भिस प्रोभाइडर एनसेलसँग सहकार्य गरेर सेवा सुरु गरेको जनाएको छ । यसको प्रयोगबाट ग्राहकले आफ्नो गाडीसँग सम्बन्धित विभिन्न जानकारी तथा सुविधा मोबाइल एपमार्फत प्रयोग गर्न सक्नेछन् ।

कम्पनीले हिमालयन एभरेष्ट इन्स्योरेन्स र शिखर इन्स्योरेन्ससँगको सहकार्यमा सबै बीवाइडीका ग्राहकलाई थप दुई वर्षको एक्सटेन्डेड वारेन्टी उपलब्ध गराउने भएको छ ।

यसअघि ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुँदै आएकोमा थप दुई वर्षको वारेन्टीसहित ग्राहकले १० वर्ष वा २ लाख किलोमिटरसम्म वारेन्टी सुविधा पाउनेछन् ।

चार महिनासम्म संचालन हुने ‘बीवाइडी अपडेट टु कियर प्लस’ क्याम्पमार्फत कम्पनीले ग्राहकको विद्यमान समस्या सम्बोधन गर्नुका साथै भविष्यमा बीवाइडीका गाडीको सर्भिस, कनेक्टिभिटी र वारेन्टीलाई थप व्यवस्थित र ग्राहक केन्द्रित बनाउने प्रयास गरेको देखिन्छ ।


Back_to_top