पन्च ईभीको मूल्य घोषणा, ३ भेरियन्टमा किन्न पाइने

काठमाडौं । नेपाली बजारमा टाटा मोटर्सको पन्च ईभी फेसलिफ्ट मोडल बिक्री सुरू भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि सुरू भएको नाइमा मोबिलिटी एक्स्पोबाट पन्च ईभी फेसलिफ्ट बिक्र सुरू गरेको हो ।

कम्पनीले पन्च ईभीको ३ भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले पन्च ईभी फेसलिफ्टको बेस भेरियन्टको मूल्य ३३ लाख ९९ हजार र टप भेरियन्टको ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

योसँगै बजेटपछि आएको पन्च ईभीको मूल्य ४ लाखसम्मले घटेको छ । यसअघि पन्च ईभी ३७ लाख ९९ हजार र ३९ लाख ९९ हजारमा बिक्री हुँदै आएको थियो ।

नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवरको दुई ब्याट्री अप्सन पाइने भएको छ । जुन यसअघि अउपलब्ध पन्च ईभीको भन्दा दुबै भेरियन्टमा ५ किलोवाट आवर बढी क्षमताको ब्याट्री हो ।

पन्च फेसलिफ्ट २०-८० मात्र २६ मिनेटमा चार्ज गर्न सकिन्छ । यसले ६५ किलोवाटको डीसी फास्ट चार्ज सर्पोट गर्छ । यसलाई १५ मिनेट चार्ज गर्दा १३५ किलोमिटर रेन्ज पाइने कम्पनीको दाबी छ ।

नयाँ पन्च ईभीमा टाटाका ठूला ईभी मोडेलहरूबाट प्रेरित १६ इन्चका एरो अप्टिमाइज अलोय ह्वील दिइएके छ । पछाडिको भागमा आइस पन्च फेसलिफ्टको जस्तै जडान गरिएका एलईडी टेललाइटहरू दिइएको छ ।

फेसलिफ्ट पन्चमा पहिलेकै ड्यासबोर्ड डिजाइन छ । तर, नयाँ ट्रिम फिनिस र अपडेटेड दोहोरो रङ थिम थपिएको छ। यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रीन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ ।

पन्च ईभीमा वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी, ३६० डिग्री क्यामेरा छन् । सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट, हाइ बिम एसिस्ट लगायतका फिचर छन् ।


Back_to_top