आइकार भी २७ बन्यो नेपाल आउने पहिलो ईआरईभी, रेन्ज १२०० किलोमिटर

काठमाडौं । आइकार भी-२७ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि आइकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ‘रफ एण्ड टफ’ अफरोड एसयूभी आइकार भी-२७ नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरेको हो ।

यससँगै आइकार भी २७ नेपाल आउने पहिलो ईआरईभी मोडल बनेको छ । याे ईआरईभी प्रविधिमा आधारीत हाइब्रिड एसयूभी हो । यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिइएको छ । साथै, ३४.३ किलोवाटको सीएटीएलको एलएफपी ब्याट्रीप्याक छ । यसको प्योर इलेक्ट्रीक रेन्ज २१० किलोमिटर छ । फुल ट्यांकी इन्धनसहित भने १२०० किलोमिटर हाराहारी रेन्ज दिने कम्पनीको दिएको छ ।

यसको अल ह्वील ड्राइभ मोडलको अधिकतम पावर ३३६ किलोवाट छ भने ५०५ न्यूटन मिटर टर्क प्रदान गर्न सक्छ । जसले शून्यदेखि १०० किलोमिटरको टप स्पीड भेट्टाउने समय ५.५ सेकेण्ड मात्रै लगाउँछ । त्यस्तै, रियल ह्वील ड्राइभको पावर १८५ किलोवाट छ भने ३०० न्युटन मिटर टर्क प्रदान गर्छ ।

भी-२७ एसयूभी साइजमा पनि निकै ठूलो छ । यसको लम्बाइ ५०५५ एमएम, चौडाइ १९७६ एमएम र उचाइ १८९४ एमएम छ । यसमा २९१० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

यसको ड्यासबोर्डमा १५.४ इन्चको २.५ के इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ । जसलाई कम्पनीले यसमा होराइजन जर्नीको ६ पी चिप प्रयोग गरेको छ ।

अत्याधुनिक स्न्यापड्रागन ८२९५ पी चिपसेटले चलाउँछ । साथै, २३ स्पीकर अडियो सिस्टम, लेदर इन्टेरियर, विशाल रियर लेगरुम र प्यानोरामिक सनरुफ लगायत फिचर छन् ।

भी २७ मा सुरक्षाका लागि होराइजन रोबोटिक्सको जर्नी ६पी चिप र लाइडार प्रविधिमा आधारित लेभल २ एडास, ७ वटा एयर ब्याग, एबीएस, ईबीडी लगायत फिचर छन् ।


Back_to_top