काठमाडौं । नेपालमा चिनियाँ ब्राण्ड वुलिङको नयाँ एसयूभी एक्सियन ईभी सार्वजनिक भएको छ ।
नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नाइमा मोबिलिटी एक्स्पोबाट एक्सियन ईभी बिक्री सुरू गरेको हो ।
कम्पनीले एक्सियन ईभीको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीले नाइमा अफर अन्तर्गत यो मूल्यमा २ लाख रुपैयाँ छुट दिएकाले ग्राहकले ५५ लाख ९९ हजार रुपैयाँमै किन्न पाउने छन् ।
एक्सियन एसयूभी साइजको हिसाबले निकै ठूलो छ । यसको लम्बाइ ४७४५ एमएम, चौडाइ १८५० एमएम र उचाइ १७५५ एमएम छ । यसमा २८१० एमएम लामो ह्वीलबेस भएको कारण क्याबिन निकै आरामदायी र फराकिलो पाउन सकिन्छ । वुलिङ एक्सियन ७ जनाले यात्रा गर्न मिल्ने एसयूभी हो ।
ब्याट्री साइजको हिसाबले पनि एक्सियन एसयूभी राम्रो छ । यसमा ६९.२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ । साथै, गाडीमा १५० किलोवाट क्षमताको पावरफुल मोटर पाउन सकिन्छ । पावरमा त यसले बजारमा चल्तीका र नाम चलेका सबै मोडललाई पछाडि छाड्ने देखिन्छ । ३१० न्युटन मिटर टर्कको कारण गाडीको पर्फमेन्स उत्कृष्ट छ ।
भेन्टिलेटेड सिट, पानारोमिक सनरुफ, एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १२.८ इन्चको सेन्टर स्क्रीन, चालकको लागि ६ तरिकाले मिलाउन मिल्ने सिट र मिनिमल डिजाइन छ ।
यसमा लेभल २ एडास फिचर, एयरब्यागहरुको प्रयोग, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, ट्राफिक वार्निङ फिचरसहित एडास भित्र पर्ने क्रुज कन्ट्रोलदेखि ३६० डिग्री क्यामेरासम्मका सुरक्षा फिचर छन् ।


