काठमाडौं । चिनियाँ प्रिमियम विद्युतीय कार ब्राण्ड अवतारको नयाँ मोडल ०७ नेपालमा सार्वजनिक भएको छ ।
नेपालका लागि अवतारको आधिकारिक बिक्रेता सीजी एमएडब्लू इभोलुसन प्रालिले नाडा अटो शोमा अवसरमा ०७ बिक्री सुरु गरेको हो ।
कम्पनीले अवतार ०७ को मूल्य २ करोड २० लाख रुपैयाँ तोकेको छ । अर्बान एसयूभी अवतार ०७ मा १९० किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ ।
रियर ह्वील ड्राइभ अप्सनमा आएको अवतार ०७ मा ८२ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ। यसले एकपटकको फुलचार्जमा ६५० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । यो एसयूभीले शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन केबल ६.३ सेकेण्ड मात्रै लाग्छ ।
अवतार ७ को लम्बाइ ४८२५ एमएम, चौडाइ १९८० एमएम, उचाइ १६२० एमएम छ । यसको ह्वीलबेस २९४० एमएम रहेको छ ।
सुरक्षाका लागि यसमा ९ वटा स्ट्याण्डर्ड एयरब्याग, एडभान्स २७ सेन्सर, लाइडर, ३६० डिग्री क्यामेरा आइपी ६८ वाटरप्रुफ ब्याट्री प्रोटेक्सन लगायत फिचर छन् ।


