एम्बासडर्स अफ दीपल घोषणा

काठमाडौं । नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ‘एम्बासडर्स अफ दीपल’ घोषणा गरेको छ।

कम्पनीले आइतबार दीपल नेभो क्यू ०५ लन्च कार्यक्रममा ‘एम्बासडर्स अफ दीपल’ घोषणा गरेको हो ।

कम्पनीले ब्राण्ड एम्बासडर पारस खड्कासहित अनुपविक्रम शाही, प्रदीप खड्का, श्वेता खड्का, आना शर्मा, जसिता गुरुङ, स्वप्न सुमन, ज्योत्सना योगी र मिरुना मगरलाई एम्बासडर्स अफ दीपलमा समेटेको छ ।

उनीहरू चर्चित सेलिब्रेटी व्यक्तित्व रहनुका साथै दीपल सवारीका वास्तविक प्रयोगकर्तासमेत हुन्। एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले उनीहरूलाई सम्मान गरेका थिए।

९ महिनाभित्र १ लाखभन्दा बढी सञ्चित बिक्री र चीनको कम्प्याक्ट एसयूभी बिक्रीमा लगातार चार महिनाको अग्रस्थानसहित दीपल निभो क्यू ०५ बलियो अन्तर्राष्ट्रिय उपलब्धिका साथ नेपाल प्रवेश गरेको छ ।

यसले नेपाली ग्राहकलाई वास्तविक अर्थमा ‘अ क्लास अबभ’ स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धता बोकेको छ।


Back_to_top