सरकारी राहत कोषमा मेगा मोटर्सले दियो १० लाख

काठमाडौं । मेगा मोटर्स प्रालिले भोटेकोशी नदीको बाढीबाट प्रभावितहरूको राहतका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गरेको हो ।

‘रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति हामी अत्यन्त दुःखी छौँ । यस दुःखद् विपद्को घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै मेगा मोटर्सलेको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग प्रदान गरिएको छ,’ कम्पनीका प्रबन्ध निर्देशक महेश पालले भनेका छन् ।

यस कठिन समयमा राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा आफूहरुको सानो सहयोगले केही योगदान पुर्याउने कम्पनीको विश्वास छ ।

मेगा मोटर्सले नेपालमा कामाका विद्युतीय लाइट कमर्शियल सवारी बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top