काठमाडौं । महिन्द्रा गाडीको नेपालको आधिकारिक बिक्रेता अग्नी ग्रुप अन्तर्गतको बालाजु अटोवर्कसले मनसुन सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ । कम्पनीले असार १८ गतेदेखि २० गतेसम्म यो क्याम्प संचालन गर्ने भएको हो ।
यो क्याम्पमा महिन्द्रा गाडीका सबै रेन्जका चार पाँग्रे गाडीहरुलाई विभिन्न ३० चेक प्वाइन्टमा दक्ष प्राविधिकले जाँच गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सर्भिस क्याम्पमा सवारी लिएर आउने ग्राहकको समेत निःशुल्क स्वास्थ्य परीक्षण गरिने जनाएको छ । कम्पनीका अनुसार यो योजनामा ग्राहक तथा चालकलाई स्पेयर पार्टस, लुब्रिकेन्टलगायतमा १० प्रतिशत छुट दिइने छ ।

