भारतमा प्यासेन्जर कारको बिक्री निरन्तर ओरालो, यस्तो छ जुनको बिक्री

भारतीय बजारमा कारको बिक्री लगातार तेस्रो महिनासम्म प्यासेन्जर कारको बिक्री घटेको छ । जुन महिनाको तथ्यांक सार्वजनिक हुँदा कार बिक्री दोहोरो अंकले नै गिरावट आएको छ । 

प्यासेन्जर कारको बिक्री कार जुनमा १९ प्रतिशतले घटेको छ । त्यस्तै अप्रिलमा १७ प्रतिशत र मेमा २०.५ प्रतिशतले घटेको तथ्यांक छ । भारतको सबैभन्दा ठूलो कार बिक्रेता कम्पनी मारुती सुजुकीको २०१९ जुनमा १ लाख ११ हजार १४ वटा बिक्री भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.२ प्रतिशतले कम भएको द इकोनोमिकस् टाइमले लेखेको छ । 

हुन्डाईको प्यासेन्जर कार बिक्री जुनमा ४२ हजार ७ वटा बिक्री भएको छ । यो ०१८ को जुनको तुलनामा ७.३ प्रतिशतले कमी हो । तर महिन्द्राको भने कार बिक्री बढेको देखिन्छ । 

०१९ को जुनमा महिन्द्राको कार १८ हजार ८ सय २६ वटा बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले धेरै हो । टाटा मोटरको कार बिक्री गिरावट आएको छ । २०१८ को जुनको तुलनामा यो वर्षको जुनमा टाटाको कार बिक्री २७ प्रतिशतले गिरावट आई १३ हजार ३ सय ५१ प्रतिशतमा सीमित रहेको छ । 

टोयोटा किर्लोसले जुनमा १० हजार ६ सय ३ वटा कार बिक्री गरेको छ । यो ०१८ को तुलनामा १९ प्रतिशतले कमी हो । त्यस्तै होन्डाले जुनमा १० हजार ३ सय १४ वटा कार बिक्री गरेको हो । यो ०१८ को सोही अवधिको तुलनामा ४१.४ प्रतिशतले गिरावट आएको हो । 

लोकसभा चुनावको समयमा आएको सवारी बिक्री गिरावटलाई स्वभाविक मानिएको थियो । तर चुनावको परिणाम आएको लामो समय भईसक्दा पनि कार बिक्री नबढ्नुले सवारी उत्पादकहरु नै सशंकित बनेका छन् । 

मारुती सुजुकी, हुन्डाई, महिन्द्रालगायत कम्पनीका उच्च अधिकारीहरुले सवारी बिक्री बढ्ने कुनै योजना नआएको बताएका छन् । चुनाव पछि बजारलाई तरंगित पार्ने योजना आउने सवारी उत्पादकहरुले गरेका थिए । 


Back_to_top