धरानमा खुल्यो एथरको १३औं एक्सपेरियन्स सेन्टर

धरान । कोशी प्रदेशको धरानमा प्रिमियम इलेक्ट्रीक स्कुटर ब्राण्ड एथरको नयाँ एक्सपेरियन्स सेन्टर संचालनमा आएको छ ।

नेपालका लागि एथरको आधिकारिक बिक्रेता वैद्यज् इनर्जीले धरान-१, छाताचोकमा आफ्नो १३औं एक्सपेरियन्स सेन्टर संचालनमा ल्याएको हो ।

कम्पनीले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारीको विस्तारलाई तीव्र गति दिने उद्देश्यले उक्त एक्सपेरियन्स सेन्टर स्थापन गरेको हो ।

यससँगै एथर नेपालका अब देशभर १३ वटा एक्सपेरियन्स सेन्टर पुगेका छन् । कम्पनीले यसअघि काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज, बिर्तामोड लगायतका शहरमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ ।

धरान एक्सपेरियन्स सेन्टरमा एथरको ४५० सिरिज र आधुनिक परिवारमुखी एथर रिज्टा उपलब्ध हुनेछ । जहाँ ग्राहकले एथरका स्कुटर खरिदबिक्री, फाइनान्स सुविधा, एक्सचेन्ज सुविधा लगायत सेवा पाउने छन् ।

कम्पनीले नयाँ शोरुम उद्घाटनको अवसरमा भदौ २३ गतेसम्म ग्राहकलाई विशेष अफर दिएको छ । यस अफर अन्तर्गत ग्राहकले विस्तारित ब्याट्री वारेन्टी, आकर्षक शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा र ८ हजार रुपैयाँसम्मको भ्यालुएसन मध्ये एक सुविधा रोज्न सक्नेछन् ।

एथर ४५० सिरिज विशेषगरी उत्कृष्ट प्रदर्शन, स्मार्ट प्रविधि तथा गतिशील राइडिङ अनुभव खोज्ने ग्राहकलाई लक्षित गरी डिजाइन गरिएको हो।

शक्तिशाली एक्सेलेरेशन, गुगल म्याप्स आधारित नेभिगेसन, अटो होल्ड, फल सेफ, रिभर्स मोड, विभिन्न राइड मोड तथा संवेदनशील टचस्क्रिन ड्यासबोर्डजस्ता अत्याधुनिक सुविधाले एथर ४५० लाई नेपालकै सबैभन्दा उन्नत विद्युतीय स्कुटरमध्ये एक बनाएको छ।

त्यसैगरी, एथर रिज्टा आधुनिक परिवार तथा दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटर हो । फराकिलो सिट, ठूलो भण्डारण क्षमता, सुरक्षामुखी इन्जिनियरिङ, ट्र्याक्सन कन्ट्रोल, टो तथा चोरी सचेतना सूचना, ड्यासबोर्डमा ह्वाट्सएप सूचना तथा आरामदायी संरचनाजस्ता सुविधाले रिज्टालाई प्रविधि, सुविधा र विश्वसनीयताको उत्कृष्ट संयोजन बनाएको छ।

ग्राहकलाई सहज तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्न कम्पनीले देशभर ९ वटा अधिकृत सेवा केन्द्र पनि सञ्चालन गरिरहेको छ। एथरले नेपालकै दुईपाङ्ग्रे ईभी क्षेत्रमा सबैभन्दा लामो ८ वर्षसम्म वा ८० हजार किलोमिटरको वारेन्टी दिएको छ ।

एथरले नेपालभर ईभी इकोसिस्टमलाई थप सशक्त बनाउन आफ्नो फास्ट चार्जिङ पूर्वाधार पनि निरन्तर विस्तार गरिरहेको छ । हाल ४० भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ नेटवर्कमार्फत प्रमुख शहर तथा राजमार्गहरूमा सहज र भरपर्दो चार्जिङ सुविधा प्राप्त गर्न सक्नेछन्। कम्पनीले भविष्यमा पनि चार्जिङ पहुँच विस्तार गर्दै लामो दूरीको ईभी यात्रा थप सहज र चिन्तामुक्त बनाउने लक्ष्य राखेको छ।


Back_to_top