किया ईभी-९ को मूल्य किन घट्यो एकै पटक १६ हजार डलर

काठमाडौं । अमेरिकी बजारमा कियाको ७ सिटे एसयूभी ईभी-९ को बिक्नै छाडेपछि एकैपटक १६ हजार डलरले मूल्य कटौती गरिएको छ । लगभग बिक्री ठप्प भएपनि कियाले मूल्यमा ब्यापक कटौती गरेको हो ।

यो कियाले आधिकारीक घोषणा गरेर मूल्य घटाएको होइन । यो स्टकमा धेरै गाडी थन्केपछि अमेरिकी डिलरहरुले ईभी-९ मा मूल्य घटाएका हुन् ।

अगस्ट २०२६ मा कियाले अमेरिकामा १ हजार ७८९ युनिट ईभी-९ बिक्री गरेको थियो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशत कम हो ।

बिक्री घटेपछि डिलरहरूले ईभी-९ मा आकर्षक छुट दिन थालेका हुन् । टेक्सासस्थित शोटेनकिर्क ‘किया अफ फोर्ट बेन्ड’ले ईभी-९ लाइट रियर ह्वील ड्राइभको ५६ हजार ७३५ डलरको मूल्य पर्ने कार छुटपछि ४० हजार ६९४ डलरमै बिक्री थालेको हो ।

डिलर अनुसार छुट रकम फरक दिइएको छ । इलिनोइसस्थित लिबर्टी अटो प्लाजाले ईभी-९ लाइट सर्ट रेन्जमा १५ हजार डलर छुट दिँदै ५७ हजार ४८० डलरको कारलाई ४२ हजार ४८० डलरमा बिक्री थालेको हो । यी दुई केबल उदाहरण हुन् ।

किया ईभी-९ नेपाली बजारमा केही युनिट ल्याइएको थियो । तर, बजारमा राम्रो रेस्पोन्स भने पाउन सकेको छैन । त्यसको मूख्य कारण महंगो मूल्य नै हो । नेपालमा करोड माथिका ईभीमा ग्राहकको आकर्षण नै देखिन्न ।


Back_to_top