काठमाडौं । नेपाल अटोमोबाइल्स एसोशिएसन (नासा) को चारपांग्रे मोटर्सहरुको संस्था ‘नेपाल मोटर्स स्पोर्टस क्लब’को तर्फबाट टिम अफिसियल यदुराज लामिछानेको नेतृत्वमा तीन जना खेलाडीहरु अनिल बराल, जिस्बन तुलाधर र आशिष भारती अन्तर्राष्ट्रिय मोटर स्पोर्टस जिमखानामा सहभागि हुन इन्डोनेशिया जाने भएका छन् ।
विगत २०७२ सालदेखी नासासगँको सहकार्यमा नेपालमा विभिन्न मोटर स्पोर्ट्सका खेलहरु, पहिलो राष्ट्रिय नेशनल जिमखाना प्रतियोगिता, रोडसेफ्टी लिडरसिप तालिम जस्ता उत्कृष्ट खेलहरु सम्पन्न गरिसकेका नेपाल मोटर्स स्पोर्टस क्लबका अध्यक्ष दिपक कुमार आचार्यले जानकारी दिए ।
यस खेलका लागि नेपालमा बनेको पिएलओ लुब्रिकेन्टस्, इको ट्याङक, अटो नेपाल, सारिकाज क्याफे लगायत विभिन्न संघ, संस्थाहरुको प्रायोजन गरेका छन् ।


