काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुरू भएको छ । फ्लाइ दुबई एयरलाइन्सले बुधबारदेखि संयुक्त अरब इमिरेट्को दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको पर्यटकीय राजधानी पोखरासम्म सिधा उडान सुरू गरेको हो ।
आज दुबईबाट ११३ जना यात्रु बोकेर आएको फ्लाइ दुबईको जहाज पोखरामा अवतरण भएको हो। उक्त जहाजलाई विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो । उक्त जहाज आजै १५३ यात्रु बोकर दुबई फर्किनेछ ।
फ्लाइ दुबईले अब हरेक दिन दुबई पोखरा दुबई उडान गर्नेछ । हरेक दिन साँझ ६स्१५ बजे पोखरा अवतरण र ७स्१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको उडान तालिका रहेको छ ।
उनले फ्लाइ दुबईले एयर बस ३१९/३२० जहाजबाट पोखरा–दुबई उडान गर्नेछ । फ्लाइ दुबईले सुरूमा एक महिनासम्म दैनिक एक उडान गर्ने घोषणा गरेको थियो । तर, यात्रुको चाप बढ्ने देखेपछि एयरलाइन्सले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरेको छ ।
फ्लाइ दुबईले व्यवसायिक उडान गरेसँगै पोखराका व्यवसायी उत्साहित भएका छन् ।

