बिगस कन्टेन्ट क्रिएटर च्यालेन्जको विजेता घोषणा, खत्रीले पाइन् स्कुटर

काठमाडौं । नेपालमा बिगस स्मार्ट ई-स्कुटरको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोरिङले ‘कन्टेन्ट क्रिएटर च्यालेन्ज’को विजेता घोषणा गरेको छ।

कम्पनीले गत साउन २६ देखि ३१ गतेसम्म संचालन भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा आयोजना गरेको उक्त प्रतियोगिताको विजेता घोषणा गरेको हो ।

कम्पनीका अनुसार हृतिका खत्री कन्टेन क्रिएटर प्रतियोगिताको विजेता बनेकी छिन् । उनले आफ्ना बुवाका लागि स्कुटर जित्ने चाहना व्यक्त गर्दै तयार पारेको भावनात्मक रिलले दर्शकको ध्यान आकर्षित गरेपछि उनलाई विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ।

उत्तरीढोकास्थित बिगस शोरुममा आयोजित कार्यक्रममा अग्नि मोटोरिङका अधिकारी तथा खत्रीका परिवारका सदस्यहरूको उपस्थितिमा उनलाई नयाँ बिगस सी १२ आईईएक्स स्कुटरको चाबी हस्तान्तरण गरिएको थियो । उक्त स्कुटरको मूल्य २ लाख ३३ हजार १०० ?पैयाँ रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कन्टेन्ट क्रिएटर च्यालेन्जमार्फत बिगस ब्राण्डसँग उपभोक्ताको भावनात्मक सम्बन्ध र समुदायसँगको जोडलाई प्रस्तुत गर्ने प्रयास गरिएको थियो।

विजेता खत्रीसँग आगामी एक वर्ष बिगससँग सम्बन्धित कन्टेन्ट निर्माणमा सहकार्य गर्ने कम्पनीले जनाएको छ।


Back_to_top