काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका नदी किनारामा सवारी साधन पार्किङ नगर्न अनुरोध गरेको छ । काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
भारी वर्षाको सम्भावना रेहेकोले सम्भावित जोखिमलाई मध्येनजर गर्दै आफ्ना सवारी साधन सुरक्षित स्थानमा राख्न आग्रह गरेको हो ।
साथै, ट्राफिकले उपत्यका भित्रका नदी छेउछाउका सडकहरूमा असोज १२ गतेसम्म यात्रा गर्दा सवाधानी अपनाउन आग्रह गरेको छ ।
बिहीबार बिहानैदेखि उपत्यकामा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण नदीमा बाढी आउन सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको हो ।

