धनगढीमा खुल्यो भेस्पा र अप्रिलियाको नयाँ शोरुम

काठमाडौं । भेष्पा तथा अप्रिलियाको नयाँ शोरुमा सुदूरपश्चिमको धनगढीमा संचालनमा आएको छ ।

नेपालका लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले देशभरी आफ्नो नेटवर्क विस्तार गर्ने क्रममा धनगढीमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।

उक्त शोरुम धनगढी उपमहानगरपालिका ४ स्थित वेस्टर्न म्याक नेपाल प्रालिले संचालन गर्नेछ ।

भेस्पा, अप्रिलिया प्रति बढ्दै गएको युवापुस्ताको रुचि र ग्राहकवर्गको सहजतालाई मध्यनजर गर्दै धनगढीमा नयाँ शोरुम खोलिएको कम्पनीले जनाएको छ ।

डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले युवापुस्ताको पहिलो रोजाइमा पर्ने स्कुटर भेस्पा, अप्रिलियालाई देशैभर सहज उपलब्ध गराउने योजना अनुसार धनगढीमा शोरुम संचालनमा ल्याइएको बताए ।

‘युवापुस्ताको पहिलो रोजाइमा पर्ने स्कुटर भेस्पा, अप्रिलियालाई देशैभर सहज उपलब्ध गराउने हाम्रो योजना अनुरुप आज धनगढीमा नयाँ शोरुम उद्घाटन गर्न पाउदा हामी अत्यन्तै उत्साहित छौं । यस शोरुमबाट अबको दिनमा अन्य शोरुमबाट झैं सेवा, सुविधा प्रदान गर्नेछ,’ उनले भने ।

धनगढी शोरुमा गत नाडा अटो शोमा लन्च गरिएको नयाँ अप्रिलिया एसआर १७५, भेस्पाको अत्यन्तै आकर्षक लाइल्याक र ओरो गोल्डेनको दुई नयाँ कलर सहित भेस्पा तथा अप्रिलियाका अरू सबै मोडलका स्कुटर खरिद गर्न सकिने छ ।


Back_to_top