काठमाडौं । बीवाइडीका ३ जना ग्राहकले सांघाई-जापान क्रुज यात्रा गर्न पाउने भएका छन् ।
नेपालका लागि बीवाइडीको आकिारिक बिक्रेता साइमेक्स इंकले आफ्ना ग्राहक संख्या ११ हजार नाघेको उपलक्ष्यमा ल्याएको ‘मी एण्ड माई बीवाइडी’नामक अभियानमा सहभागी हुनेले उक्त अवसर पाउने भएका हुन् ।
कम्पनीका अनुसार यस अभियान अन्तर्गत बीवाइडीका ग्राहकले आफ्ना यात्रा, अनुभव र सम्झनालाई फोटो तथा भिडियोमार्फत सामाजिक संजालमा सार्वजनिक गर्नुपर्नेछ ।
ग्राहकले बीवाइडीकाे गाडीसँगको आफ्नो स्वामित्व अनुभव, पारिवारिक क्षण, लामो यात्राका सम्झना, चार्जिङ अनुभव, मनपर्ने फिचर तथा बीवाइडीसँग जोडिएका विशेष क्षण फोटो वा भिडियो फेसबुक, इन्स्टाग्राम वा टिकटकमा पोष्ट गर्नुपर्नेछ ।
पोस्टमा लाइफ विथ बीवाइडी र साइमेक्स बीवाइडी पेजलाई फलो तथा ट्याग, आफूले बीवाइडी किनेको आधिकारिक डिलरको अकाउन्ट उल्लेख र ह्यास मीएण्डमाईबीवाइडी ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।
यो अभियान असोज २१ गतेदेखि मंसिर १४ गतेसम्म संचालन हुनेछ । सो अवधि भित्र उत्कृष्ट कन्टेन्ट तयार गर्ने ३ जना विजेताले चीनको सांघाईबाट जापानसम्म रोयल क्यारिबियन क्रुजमा यात्राको अवसर पाउने कम्पनीले जनाएको छ । विजेताले आफूसँग एक जना साथी पनि लैजान पाउने छन् ।
त्यस्तै, थप १५ जनाले ५० हजार रुपैयाँ बराबरको बीवाइडी ब्राण्डेड मर्चेन्डाइज पाउने साइमेक्सले जनाएको छ ।

