लापसे गरी सवारी चलाउनेको लाइसेन्स खारेज गर्ने कानुन बनाउनुपर्छ : मुख्यमन्त्री थापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले लागू पद्धार्थ सेवन गरी सवारी चलाउनेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने कानुन बनाउनुपर्ने बताएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बागमती प्रदेशमै लापसे जाँच गर्ने फरेन्सिक ल्याब स्थापना भइसकेकाले १५ दिनभित्रै रिपोर्ट आउने बताए । चालकले लापसे गरे÷नगरेको जाँच गर्न स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा पर्याप्त ‘किट’ र प्राविधिक उपलब्ध गराइने उनले बताए ।

‘लागू औषध सेवन गरी सवारी चलाउने चालकको लाइसेन्स खारेज गर्ने र सार्वजनिक रूपमा सूचना प्रकाशन गर्ने गरी कानुनी व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

उनले चाडबाडको समयमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चापलाई ध्यानमा राखी चोरीडकैती नियन्त्रण, ट्राफिक व्यवस्थापन चुस्त बनाउन, लामो दूरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राखे/नराखेको कडाइका साथ अनुगमन गर्न निर्देशन दिएका छन् ।


Back_to_top