काठमाडौं । सार्वजनिक यात्रुवाहक सवारीमा डिजेलकोभन्दा विद्युतीय सवारी साधन (ईभी)को भाडादर निकै सस्तो रहेको छ ।
यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेको विद्युतीय र डिजेल/पेट्रोलबाट चल्ने सवारीको भाडादर तुलना गर्दा ईभीको भाडा सस्तो देखिएको हो ।
विभागले देशभरका २८० रुटका लागि दुवै सवारीको भाडादर सार्वजनिक गरेको छ । जसमा डिजेलको तुलनामा ईभीको भाडा १६ प्रतिशतसम्म सस्तो रहेको पाइएको छ । यद्यपि, सबै रुटमा ईभी नचल्ने भए पनि विभागले भाडादर भने सार्वजनिक गरेको हो ।
विभागले सार्वजनिक गरेको भाडादर अनुसार सबैभन्दा महँगो भाडादर काठमाडौं-अत्तरीया-मार्तडी-बाजुरा रुटको रहेको छ । यो रुटमा सामान्य ईभी बसको ३१३२ रुपैयाँ, डिलक्स ईभीको ३७५९ रुपैयाँ र सुपर डिलक्सको ४५१० रुपैयाँ तोकिएको छ।
यही रुटमा डिजेल बसको भाडादर सामान्यको ३७६२ रुपैयाँ, डिलक्स्को ४५१४ रुपैयाँ र सुपर डिलक्सको ५४१७ रुपैयाँ रहेको छ । यो रुटमा डिजेलकोभन्दा सामान्य ईभी बसको ६३० रुपैयाँ, डिलक्सको ७५५ रुपैयाँ र सुपर डिलक्सको ९०७ रुपैयाँ सस्तो रहेको हो ।
त्यस्तै, काठमाडौ-अत्तरीया-चैनपुर (बझाङ)को इर्भीको सामान्यको ३,११५, डिलक्सको ३,७३८ र सुपर डिलक्सको ४,४८५ रुपैयाँ रहेको छ । जबकि यही रुटमा डिजेल बसको सामान्यको ३७४१ रुपैयाँ, डिलक्सको ४४८९ र सुपर डिलक्सको ५३८७ रुपैयाँ रहेको छ । यो रुटमा ईभीको भाडा सामान्यमा ६२६, डिलक्समा ७१५ र सुपर डिलक्समा ९०२ रुपैयाँ सस्तो छ ।
काठमाडौं-धनगढी-सितागढी-साँफेबगरको ईभीतर्फ सामान्यको २,८५१, डिलक्सको ३,४२१ र सुपर डिलक्सको ४,१०५ रुपैयाँ छ । जबकि, डिजलेल बसको भाडा क्रमशः सामान्य ३४२४, डिलक्स ४१०९ र सुपर डिलक्सको ४९३० रुपैयाँ रहेको छ ।
त्यस्तै, काठमाडौं-अत्तरीया-डडेलधुरा-वैतडी रुटमा सामान्य ईभीको २,७१५, डिलक्सको ३,२५८ र सुपर डिलक्सको ३,९०९ रुपैयाँ छ । यो रुटमा डिजेल बसको क्रमशः ३२६०, ३९१२ र ४६९५ रुपैयाँ रहेको छ ।
त्यस्तै, महेन्द्रनगर-काँकडभिट्टा रुटमा ईभीमा सामान्यको २,६२०, डिलक्सको ३,१४३ र सुपर डिलक्सको ३,७७२ रुपैयाँ रहेको छ । यही रुटमा डिजेल बसको भाडादर क्रमशः सामान्य ३१४६, डिलक्स ३७७५ र सुपर डिलक्सको ४५ ३० रुपैयाँ रहेको छ ।
त्यस्तै, काठमाडौं-पोखरा रुटमा सामान्य, डिलक्स र सुपर डिलक्स ईभीको भाडादर क्रमशः ६५२ रुपैयाँ, ७८३ रुपैयाँ र ९३९ रुपैयाँ छ । यही रुटमा डिजेल बसको भाडादर क्रमशः समान्य ७९९, डिलक्सको ९४० र सुपर डिलक्सको ११२८ रुपैयाँ रहेको छ ।
त्यसैगरी, काठमाडौं-बुटवल रुटमा सामान्य, डिलक्स र सुपर डिलक्स ईभीको भाडादर क्रमशः ७९० रुपैयाँ, ९४७ रुपैयाँ र ११३७ रुपैयाँ रहेको छ । जबकि, डिजेल बसको भाडादर सामान्यको ९४८ रुपैयाँ, डिलक्सको ११३८ रुपैयाँ र सुपर डिलक्सको १३६५ रुपैयाँ रहेको छ ।
यसैगरी, अधिकांश गन्तव्यको ईभीको भाडादर सस्तो रहेको छ । सार्वजनिक ईभीको सवारीको भाडादर हेर्न ईभी यहाँ र डिजेल/पेट्रोलबाट चल्नेको हेर्न यहाँ क्लिक गर्नुहोस् ।

