अझै पावरफुल भएर आयो बजाज पल्सर एनएस २००

काठमाडौं । बजाज अटोले भारतीय बजारमा आफ्नो लोकप्रिय स्ट्रिटफाइटर पल्सर एनएस २०० को अपडेटेड भर्सन सार्वजनिक गरेको छ । कम्पनीले पावर र पर्फमेन्समा सुधार गरेर नयाँ एनएस २०० ल्याएको हो ।

कम्पनीले इन्जिन थ्रोटल रेस्पोन्सलाई थप सार्प बनाउँदै इलेक्ट्रोनिक थ्रोटल प्रविधि दिएको हो । यसै प्रविधिका कारढा मोटरसाइकलमा सेलेक्टेबल राइडिङ मोड र ट्रयाक्सन कन्ट्रोल समेत उपलब्ध भएको छ ।

नयाँ पल्सर एनएस २०० मा १९९.५ सीसी, ४ भल्ल, लिक्विड कुल्ड इन्जिनलाई नै निरन्तरता दिइएको छ तर यसको पावर भने १ पीएसले बढेको छ । अब यो इन्जिनले अधिकतम २५.५ पीएस पावर उत्पादन गर्छ । यस अघि यसको पावर २४.५ पीएस थियो । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

यस बाहेक यो मोटरसाइकलमा गियर सिफ्टलाई सहज बनाउँनका लागि स्पोट्स सिफ्टर (बाइ डाइरेक्सनल क्विकसिफ्टर) दिएको छ । यसले गदौ राइडले क्लच बिनानै सजिलै गियर अपसिफ्ट र डाउनसिफ्ट गर्न सक्छन् ।

यसमा कम्पनीले पुरानो एलसीडी कन्सोल हटाएर नयाँ ५ इन्च टीएफटी डिस्प्ले दिएको छ । जसमा नेभिगेशन फिचर उपलब्ध छ । यसमा कम्पनीले नयाँ सस्पेन्सन सेटअप दिएको छ । यसअघि दिँदै आएको ३३ एमएमको सट्टा अब ३७ एमएम यूएसडी फ्रन्ट फर्क दिएको छ ।

यो मोटरसाइकलमा एजष्टेबल गियर/ब्रेक लिभर, रियर ब्रेक अर्लट, हाजार्ड स्वीच तथा चार्जिङ पोर्ट जस्ता फिचर उपलब्ध छ ।


Back_to_top