काठमाडौं । मारुती सुजुकीको चर्चित कार अल्टोको नयाँ मोडल नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा उक्त इन्ट्री लेवल कार सीजी मोटोकर्पले ल्याएको हो ।
भारत सरकारले ल्याएको नयाँ सुरक्षा मापदन्ड र आउँदै गरेको प्रदुषण मापदन्ड दुबै पुरा गरेको नयाँ अल्टो नेपाली बजारमा आएको हो । यसमा भारतीय प्रदुषण मापदन्ड बीएस–६ अनुसारको इन्जिन दिइएको छ ।
कम्पनीले अल्टोमा ७९६ सीसी ३ सिलिन्डर पेट्रोल इन्जिन दिएको छ, जसले ४७ बीएचपी र ६९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुअल गियरबक्स दिइएको छ ।
नेपाली बजारमा दुई भेरियन्ट स्ट्यान्डर्ड र एलएक्सआईमा उपलब्ध रहेको छ । स्ट्यान्डर्ड मोडलको मूल्य १८ लाख ८९ हजार र एलएक्सआईको मूल्य २० लाख ५९ हजार रुपैयाँ तोकिएको छ ।
स्ट्यान्डर्डमा ड्राइभर साइड एयरब्याग, एबीएस, इबीडी, रियर पार्किङ सेन्सर जस्ता फिचर अल्टोमा थप गरिएको छ ।
नयाँ अल्टोको एक्सटेरियरमा नयाँ ग्रिल दिइएको छ भने बम्परमा पनि परिमार्जन गरिएको छ ।
इन्टेरियरमा नयाँ डियुल टोन ड्यासवोर्ड, नयाँ स्टेयरिङ ह्विल, युएसबी र एयुएक्स कनेक्टिभिटी भएको अडियो सिस्टम जस्ता फिचर रहेको छ ।

