केटीएम २०० ड्युकमा भयो ठूलो अपडेट, थपिए यी फिचर

काठमाडौं । अस्ट्रियन दुईपाँग्रे ब्राण्ड केटीएमले आफ्नो लोकप्रिय नेकेड स्ट्रिट बाइक २०० ड्युकलाई नयाँ फिचर्ससहित अपडेट गरेको छ ।

कम्पनीले यसै वर्षको सुरुवातमा केटीएमले २०० ड्युकमा ठूलो फ्रन्ट डिस्क ब्रेक र हल्का ह्वील जस्ता प्राविधिक सुधार गरेको थियो । अहिले क्विकशिफ्टर, ट्रक्याकसन कन्ट्रोल, राइड मोड्स जस्ता आधुनिक फिचर थपेको हो ।

कम्पनीले यसअघि ३९० र २५० ड्युकमा मात्र उपलब्ध गराउँदै आएको ‘क्चच फ्री गियर सिफ्टिङ’ प्रविधि पहिलो पटक २०० ड्युकमा पनि दिएको हो । यसले क्लच नथिचीकनै सहज रूपमा गियर परिवर्तन गर्न मद्दत पुर्याउनेछ।

त्यस्तै, कम्पनीले २०० ड्युकमा नयाँ राइड बाय वायर थ्रोटल प्रविधि जोडेको छ । जसका कारण अब यसमा विभिन्न राइड मोड्स र ट्रयाक्सन कन्ट्रोल जस्ता सुरक्षा फिचर्स उपलब्ध भएका छन् ।

नयाँ २०० ड्युकको ह्याण्डलबारको दाहिनेतर्फ ३९० ड्युकमा प्रयोग गरिएको जस्तै नयाँ डिजाइनको स्विचगियर युनिट राखिएको छ भने देब्रेतर्फको स्विचगियर पहिलेकै जस्तो यथावत छ । यद्यपि राइड बाय वायर भए पनि यसमा क्रुज कन्ट्रोल भने उपलब्ध छैन ।

थपिएका नयाँ फिचर्सले २०० ड्युकलाई आफ्नो सेग्मेन्टमा अझ प्रिमियम र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ । नयाँ आधुनिक फिचर थपिए पनि नयँँ ड्युकको मेकानिकल पार्टमा भने कुनै ठूलो परिवर्तन गरिएको छैन ।

यसमा पहिलेकै १९९.५ सीसी, सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन छ । यसले १०,००० आरपीएममा २५ हर्ष पावर पावर र ८,००० आरपीएममा १९.३ न्युटन मिटर टर्क उत्पन्न गर्छ । यसमा ६ स्पीड गियरबक्स जोडिएको छ ।

कम्पनीले आधिकारिक मिति घोषणा नगरे पनि नयाँ २०० ड्युक चाँडै सार्वजनिक हुनेछ । लन्च अगावै भारतका शोरुम तथा डिलरशिपहरूमा देखिन थालिसकेको छ । भारतमा सार्वजनिक भएपछि नेपाली बजारमा समेत आउने छ ।


Back_to_top