भारतमा लागु हुने नयाँ प्रदूषण मापदन्ड अनुरुप नभएको भन्दै बिक्री बन्द हुने भनिएको टाटाको हेक्जा एसयूभी अपग्रेड हुने भएको छ । टाटा मोटर्सले यस एसयूभीलाई नयाँ प्रदूषण मापदन्ड अनुसार नै परिमार्जन गर्ने तयारी गरेको हो ।
कम्पनीका भाइस प्रेसिडेन्ट एसएन बम्र्यानले हेक्जालाई नयाँ प्रणाली अनुसार नै परिमार्जन गर्ने जानकारी दिए । उनले हेक्जा थ्री रो पीभी पोजिसनको रुपमा आउने बताए । बीएस–६ इन्जिनमा आउने हेक्जाको मूल्य १३ लाख २६ हजार भारु पर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले भारत सरकारले अप्रिल १, २०२० बाट भारतमा लागु गर्ने नयाँ प्रदूषण मापदन्ड बमोजिम नभएको भन्दै हेक्जाको उत्पादन गर्ने सम्भावना देखाएको थियो ।
टाटाको यो कार नेपाली बजारमा २०७४ सालबाट बिक्री हुदै आएको छ । टाटा हेक्जामा २२ सय सीसी डिजल ईन्जिन, १५६ पीएस पावर र ४०० एनएम टर्क जेनेरेट गर्दछ । यसको अतिरिक्त हेक्सामा ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ ।

