भारतमा अक्टोबरको कार बिक्रीः हुन्डाई, टाटा र महिन्द्रामा कडा टक्कर

काठमाडौं । भारतमा तीन कार ब्राण्ड बीच निकै कडा प्रतिस्पर्धा देखिएको छ । भारतमा कार उत्पादन गर्ने दक्षिण कोरियाली ब्राण्ड हुन्डाई र दुई भारतीय ब्राण्ड टाटा तथा महिन्द्रा बीच कडा प्रतिस्पर्धा देखिएको हो ।

सन् २०२६ अक्टोबरको बिक्री तथ्यांक अनुसार हुन्डाईले भारतबाट ८२ हजार २९९ युनिट कार होलसेल बिक्री गरेको छ । हुन्डाईको बिक्रीमा ६२ हजार ७९९ युनिट भारतको स्थानिय बजारमा र १९ हजार ५०० युनिट भारतबाट निर्यात भएको हो ।

भारतीय ब्राण्ड टाटाले अक्टोबरमा ७५ हजार ४२६ युनिट कार बिक्री गरेको जनाएको छ । टाटाले ७३ हजार ८९४ युनिट कार भारतमा बिक्री गरेको हो । बाँकी १ हजार ५३२ युनिट कार भारतबाट निर्यात गरेको देखिन्छ ।

महिन्द्राले निर्यात युनिट खुलाएको छैन । कम्पनीले ७३ हजार ३३८ युनिट कार बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ । महिन्द्राको बिक्रीमा लगभग सबै युनिट एसयूभी हुन् ।

पहिलो स्थानमा रहेको मारुती सुजुकीको बिक्री तथ्यांक बाहिर आइसकेको छैन । तर, दोस्रो स्थानको लागि लडाई गरिरहेका यी ३ ब्राण्डमा कडा प्रतिस्पर्धा देखिन्छ । यद्यपि, भारतीय बजारमा मात्रै हेर्दा टाटा र महिन्द्रा बीच कडा टक्कर चलिरहेको छ ।


Back_to_top