कमजोर बन्दै साना ईभीको बजार, एउटै मोडलको बजार हिस्सा ५५ प्रतिशत

AI-generated images

काठमाडौं । साना र सस्ता ईभीको बजार कमजोर बन्दै गएको देखिन्छ । सन् २०२६ को साँढे ९ महिनाको आयात हेर्दा साना ईभीको बजार निकै कमजोर देखिएको हो ।

अहिले बजारमा करिब ८/९ मोडलका साना ईभी उपलब्ध भएपनि सबै मिलाउँदाको आयात केबल ३१३ युनिट रहेको छ । उक्त आयात मध्ये १७१ युनिट एउटै ब्राण्डको देखिन्छ ।

साना ईभीको बजार हिस्सा हेर्दा केई ब्राण्डको इक्यूट मोडल निकै बलियो देखिन्छ । केई इक्यूट २ र इक्यूट ४ गरेर जनवरीदेखि अक्टोबर १५ तारिखसम्ममा १७१ युनिट आयात भएको हो । साना ईभीमा इक्यूटको बजार हिस्सा ५५ प्रतिशत रहेको छ

दोस्रो धेरै आयात जेएसडब्लू एमजीले उत्पादन गरेको कोमेट ईभीको भएको देखिन्छ । जीओ अटोमोबाइलले ५६ युनिट कोमेट नेपाल ल्याएको छ । कोमेटले १८ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

यसअघि नेपाल आएको तथ्यांक भएपनि सन् २०२६ मा धेरै मोडलको आयात सून्य छ । तेस्रो धेरै आयात बीएडब्लू ब्रम्बीको भएको छ । एलआरआर मोटर्सले सन् २०२६ मा २४ युनिट ब्रम्बी ईभी ल्याएको देखिन्छ । यसको बजार हिस्सा ८ प्रतिशत छ ।

हेनरी ब्राण्डमा २० युनिट ईभी आयात भएको छ । चाडपर्वको समयमा पनि हेनरीको कुनै पनि मोडल आयात भएको देखिँदैन । जेनपिङको लिनबक्स मोडल १२ युनिट आयात हुँदा इएनयु र बोमाको २४ युनिट साना ईभी आयात भएको देखिन्छ ।

समग्रमा ईभीको बजार बढेर ७५ प्रतिशत माथि पुग्दा साना ईभी किन्ने मानिसको संख्या भने घट्दै गएको देखिन्छ ।

 


Back_to_top