मुस्ताङ पुगे ४० महिला राइडर, रोयल इन्फिल्डले गर्‍यो ‘मिस्टिक मुस्ताङ राइड २’

पोखरा । नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ४० महिला राइडरको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ । कार्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको उक्त राइड पोखराबाट सुरु भएर मुस्ताङसम्म पुगे हो ।

पोखरास्थित रोयल इन्फिल्डको क्लासिक ड्राइभबाट सुरु भएको राइडमा सहभागी महिला राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए ।

महिला राइडरलाई लामो दूरीको मोटरसाइकल यात्रामा प्रोत्साहन गर्नुका साथै उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने र राइडिङ समुदायमा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

यो राइडले महिला राइडरहरूबीच आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान र आन्तरिक पर्यटनमा टेवा पुर्‍याएको कम्पनीको भनाइ छ ।

रोयल इन्फिल्डले आफ्नो ‘प्योर मोटरसाइकलिङ’ अवधारणाअनुरूप नेपालमा राइडिङ कल्चर र मोटरसाइकल कम्युनिटी निर्माणलाई प्राथमिकता दिँदै आएको छ। कम्पनीले विभिन्न राइड तथा समुदायकेन्द्रित कार्यक्रममार्फत मोटरसाइकल पारखीहरूलाई जोड्दै आएको छ ।

अल्फा अटोमोटिभले महिला राइडरको सहभागिता बढाउने, सुरक्षित तथा जिम्मेवार राइडिङ संस्कृतिको विकास गर्ने र रोयल इन्फिल्डको कम्युनिटीलाई थप सशक्त बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।


Back_to_top