काठमाडौं । एक करोड रुपैयाँसम्मका सवारी किन्नेसँग अनिवार्य रुपमा प्यान हुनुपर्ने भएको छ । १ करोड रुपैयाँसम्मको सवारी खरिद गर्दा ५० लाख डाउन पेमेन्ट गर्नुपर्ने र ५० लाख सवारी कर्जा पाइने व्यवस्था रहेको छ ।
नेपाल राष्ट्र बैंकले बुधाबार ल्याएको आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिमा ५० लाख रुपैयाँ कर्जा लिनका लागि प्यान अनिवार्य गरिएको हो । यसअघि १ करोड रुपैयाँसम्मको कर्जा लिनमात्र प्यान अनिवार्य थियो ।
विगतमा २ करोड रुपैयाँको सवारी खरिद गर्दामात्र प्यान चाहिन्थ्यो । राष्ट्र बैंकले यसअघि नै सवारीसाधन (निजी सवारी)मा बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाइने नियम कार्यान्वयनमा ल्याएको थियो ।
साथै केन्द्रीय बैंकलाई सरकारले व्यापार घाटा न्यूनिकरण कार्यविधि २०७५ मार्फत टीआर कर्जामा कडाई गर्न भनेपनि यस बारे मौद्रिक नीति मौन रहेको छ ।

