लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिता सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन्।

शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगितामा १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारेका हुन् ।

दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ प्रतियोगितामा उपविजेता बने। नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते।

महिलातर्फ अञ्जिला योञ्जनले ३४ अंकसहित उपाधि जितिन् भने बिपना श्रेष्ठ ३३ अंकसहित उपविजेता भइन्।

६० वर्षमाथिको सिनियरतर्फ प्रकाश एसजेबी राणाले ३४ अंकसहित उपाधि जिते। पूर्णमान शाक्य ३३ अंकसहित दोस्रो भए।

विजय श्रेष्ठ इनहाउसले लङ्गेस्ट ड्राइभ, रोबिन राणाले क्लोजेस्ट टु द पिन तथा टासी डोङले ६ बर्डीसहित मोस्ट बर्डीजको पुरस्कार जिते। लक्ष्मी सनराइज बैंकको रङ झल्किने पहिरन लगाएका बिजय बहादुर श्रेष्ठ र आत्माराम सिम्खडाले एलिगेन्ट गल्फरको पुरस्कार प्राप्त गरे।

लक्ष्मी सनराइज बैंकको प्रायोजनमा आयोजित प्रतियोगिता तीन चौथाइ (३/४) ह्यान्डिक्यापमा स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको थियो। प्रतियोगितामा ११ महिला खेलाडीसहित कुल ११२ गल्फरको सहभागिता रहेको थियो।

प्रतियोगिताका विजेताहरूलाई लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, प्रमुख कार्यकारी अधिकृत सुमेध भट्टराई तथा गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे।


Back_to_top