धेरै कर तिर्ने साइमेक्स इंक र सीजी मोटर्स सम्मानित

काठमाडौं । अटोमोबाइल क्षेत्रबाट धेरै कर तिर्ने दुई कम्पनी सम्मानित भएका छन् ।

नेपालमा बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र आधादर्जन ब्राण्डका बिक्रेता सीजी मोटर्स आन्तरिक राजस्व कार्यालयहरूबाट सम्मानित भएका हुन् ।

राइमेक्स इंक आन्तरिक राजस्व कार्यालय टंगालबाट सम्मानित भएको हो । कम्पनीलाई आर्थिक वर्ष २०८१/८२ को आय विवरण अनुसार दोस्रो धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।

त्यस्तै, चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स प्रालिलाई आर्थिक वर्ष २०८१/८२ मा ललितपुर आन्तरिक राजस्व कार्यालयमा सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित गरिएको हो ।

दुवै कम्पनीलाई सम्बन्धित कार्यालयहरूले कर दिवसको अवसरमा सम्मानपत्र प्रदान गरेका हुन् ।


Back_to_top