काठमाडौं । बजाजको लोकप्रिय मोटरसाइकल बजाज पल्सर–१८० लाई मोडिफाई कम्पनीले क्याफे रेसर लुकमा निर्माण गरेको छ । भारतको मोडिफाई कम्पनी रकी कस्टुमले मोटरसाइकललाई परिमार्जन गर्दै नयाँ लुक प्रदान गरेको हो ।
नयाँ स्वरुपमा आएको यस मोटरसाइकलमा हिरो होन्डा सिबीजेडमा उपलब्ध फ्युल ट्यांक दिइएको छ । जसले ट्यांकलाई निकै स्पोर्टी बनाइएको छ । यसमा यामाहा आर एक्स–१०० मा उपलब्ध एलइडी लाइट लगाइएको छ ।
मोटरसाइकलमा केटीएममा दिइएको जस्तै चेसिस दिइएको छ । यसमा उपलब्ध टायरलाई क्याफे रेसर लुक आउने गरि परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।
मोटरसाइकलमा उपलब्ध फ्रन्ट इन्डिकेटर केटीएम ड्युक र पल्सर १५० बाट बेन्ड पाइपको डिजाइन लिइएको हो । यो मोटरसाइकलमा पुरानो मोडल पल्सरमा दिइए जस्तै १७८.६० सीसी एयर कुल्ड डिटिएस आई इन्जिन लगाइएको छ । यसले १७ बीएचपी पावरका साथै १४.२२ एनएम टर्क उत्पादन गर्छ ।
अग्रेशिप लुकमा निर्माण गरिएको यो मोटरसाइकलमा नयाँ ह्यान्डलबार र रियर सिट फुट पेज दिइएको रकी कस्टुमले जनाएको छ । यसलाई मोडिफाई गर्न कम्पनीले ५० भारु खर्च गरेको जनाएको छ ।


