सार्वजनिक हुँदै बजाज पल्सर १२५, यस्ता छन् विषेशता

बजाजले भारतीय बजारमा पल्सर १२५ सार्बजनिक गर्ने भएको छ । यो मोटरसाइकल १२५ सिसि एयर कुल्ड सिंगल सिलिन्डर इन्जिनसहित विभिन्न नयाँ सुविधा सहित आउँने भएको हो ।

पल्सरको यो नयाँ संस्करण एन एस ब्रान्डमा नभई पल्सर ब्रान्डमा आधारित हुने कम्पनीले जनाएको छ । सिबिएसको विशेषतायुक्त यो मोटरसाइकलमा सिंगल पिस सिट राखिएको छ । कम्पनीले हालैमात्र अन्तर्राष्ट्रिय बजारमा एनएस १२५ पनि सार्वजनिक गरेको थियो । 

पल्सर १५० मा आधारित यो मोटरसाइकल अन्य मोटरसाइकल भन्दा सस्तो मुल्यमा आउने कम्पनीले जनाएको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३.५ बिएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ । यसमा हेलोजन हेडल्याम्पसंगै एलइडी डिआरएलएस, सेमि डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर, मस्कुलर फ्युल ट्यांकी जडान गरिएको छ ।

यसको फ्रन्टमा ३७ एमएम टेलिस्कोपिक सस्पेन्सन सेटअप र रियरमा ट्वीन स्प्रिङ सस्पेन्सन सेटअप दिइएको छ । यस्तै यसको फ्रन्टमा २४० एमएम डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक लगाइएको छ ।

यसको मुल्य ६० हजार भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ ।


Back_to_top