सुजुकीले भारतीय बजारमा सुजुकी जिम्नीमा आधारित मिनी एसयुभी सार्वजनिक गर्ने भएको छ । अटो एक्स्पो २०२० सम्ममा आउने यो मिनी एसयुभी फोर ह्वील ड्राइभ भर्सनमा सार्वजनिक हुने भएको हो ।
आक्रमक स्वरुप तथा आकर्षक डिजाइनमा आउने मिनी एसयुभी भारतको गुजारत स्थित कम्पनीको प्लान्टबाट उत्पादन हुने कम्पनीले जनाएको छ । यसमा राउन्ड हेडल्याम्प र फग ल्याम्प दिइएको छ । अफरोड ड्राइभिङलाई मध्यनजर गर्दै निर्माण गरिएको यस मोडलमा फ्लेयर्ड ह्वील आर्क लगाइएको छ भने, उच्च ग्राउन्ड क्लियरेन्स दिइएको छ । इन्टेरियरलाई प्रिमीयम लुक प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यसमा टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, रिभर्स पार्किङ क्यामरा, लेन डिपार्चर वार्निङ, डबल सेन्सर ब्रेक सपोर्टको जस्ता विशेषता प्रदान गरिएको छ । यसमा स्मार्टप्ले इन्फोटेनेमेन्ट युनिट, एन्ड्रोइड अटो, एप्पल कार प्ले र स्याट न्याभ, एसआरएस एयरब्याग, एबीएस, चाइल्ड सिट, भेहिकल स्टेबीलीटी कन्ट्रोल जस्ता सेफ्टी फिचर दिइएको छ ।
१.२ लिटर पेट्रोल इन्जिन उपलब्ध यो एसयुभी यो एसयुभीको मूल्य ५ देखि ७ लाख भारतीय रुपैँया पर्ने कम्पनीले जनाएको छ ।

