कोरोना विरुद्धको अभियानमा लक्ष्मी ग्रुपको १ करोड सहयोग

काठमाडौं । लक्ष्मी ग्रुपले नेपाल सरकारबाट स्थापति र सञ्चालित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमण भयाभह रुप लिदै गएको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको खतरा बढेसँगै नेपाल सरकारद्धारा स्थापित उक्त कोषमा समूहले आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।

‘अहिलेको अवस्था निकै चुनौतिपूर्ण रहेको छ । यस घडीमा हामी सबैले आ–आफ्नो स्थानबाट यसलाई फैलन नदिन सहयोग गर्नु पर्छ । संक्रमित र अन्य विमारीको उपचारमा सहयोग पुगोस् भनेर हामीले सहयोग घोषणा गरेका हौं’, लक्ष्मी समूहका संचालक अञ्जन श्रेष्ठले भने ।

यसका साथै ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिंग को लागि ‘फिभर क्लिनिक’हरु स्थापना गर्न पहल शुरु गरेको छ । यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपल्बध गराउने श्रेष्ठले जानकारी दिए ।

हेल्थ एट होम प्रालिले ‘फिभर क्लिनिक’ कार्यान्वयन साझेदारको रुपमा कार्य गर्ने छ । यस क्लिनिक मार्फत निम्न अवस्था रहेका सर्वसाधारणहरुलाई सेवाहरु प्रदान गर्ने छ ।

– जो पछिल्ला १४ दिनमा विदेशमा रहेका थिए ।

– जो कोविड १९ संक्रमित मानिसको सम्पर्कमा आएको हुन सक्ने ।

– जसमा सम्भावित लक्षणहरु जस्तै ज्वरो वा ज्वरो बिना रुघा, खोकी देखाएको छ ।

– जो संक्रमित भए भनेर चिन्तित छन् तर कुनै पनि प्रकारको लक्षण देखिएको छैन ।

– परामर्श लिन वा विश्वस्त हुन चाहने अन्य रोगीहरूका लागि ।

यस्ता किलनिक को मुल उद्देश्य कोरोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीहरुलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधै नपठाई क्लिनिक मार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गर्ने छ ।

यसले गर्दा अस्पतालका आपतकालिन विभाग वा संक्रमण रोकथाम बिभागका स्रोतसाधनहरुलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केद्रित हुन मद्दत गर्ने विश्वास लिइएको छ ।

अन्य देशहरूमा पनि यस्ता ज्वरोको स्क्रीनिङ क्लिनिकहरुले अस्पतालका आपतकालीन कोठाहरुमा वास्तविक रुपमा दबाब कम गर्न मद्दत पुर्याएको छ र त्यसैले यसले कोविड १९ को व्यवस्थापन र रोक्थाममा महत्वपूर्ण भूमिका खेलेको छ ।

सामाजिक सहयोगमा लक्ष्मी समूह

लक्ष्मी ग्रुपले सधैें यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेका छ ।

ग्रुपका केही उल्लेखनीय सहयोगमा २०१५ को महाँ भूकम्पमा नेपाल रेड क्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, श्री चन्द्रोदय आधारभूमि विद्यालय, गोरखा को पुनर्निर्माण, बिन्द्याबासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न कार्यहरुमा रहेका छन् ।


Back_to_top