बैंक कर्जामा गाडीको किन्नेको आम्दानी ‘इएमआई’को दोब्बर हुनु पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकबाट गाडी किन्न र घर किन्न माग गरेको कर्जाको इएमआई सम्बन्धीत व्याक्तिको मासिक आम्दानीको ५० प्रतिशतभन्दा माथि हुन नहुने व्यवस्था गरेको छ । 

नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै  बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत तर्फको घर निर्माण÷खरिद तथा हायर पर्चेज कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशत हुनुपर्ने व्यस्था गरेको हो । 

अब कुनै व्यक्तिले मासिक आम्दानी ६० हजार रुपैयाँ गरिरहेको छ भने उसले मासिक ३० हजार रुपैयाँसम्म किस्ता बन्नेगरि मात्र कर्जा पाउने छ । यदि उसले लिन खोजेको ऋणको किस्ता ३० हजारभन्दा माथि पुगेको खण्डमा उसले कर्जा पाउने छैन । 

राष्ट्र बैंकले लागु गरेको ऋण आम्दानी रेसियोको व्यवस्था कतिपय बैंक तथा वित्तीय संस्थाले यसअघि नै लागु गरेका छन् ।


Back_to_top